भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लाल र प्रमुख कार्यकारी अधिकृत गोविन्द राजन बालकृष्णनले रोयल इन्फिल्ड गुरिल्ला ४५० काे आधिकारिक लन्च जुलाई १७ मा बार्सिलोनामा हुने घोषणा गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार बार्सिलोना पछि सो बाइक भारत सहित विश्वका अन्य देशमा पनि लन्च हुनेछ ।
सो बाइकमा हिमालयनमा जस्तै ४५२ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ४० एचपी पावर र ४० एनएम टर्क जेनेरेट गर्छ। ट्रान्समिसनका लागि यसमा ६ स्पिड गियरबक्स दिइएको छ । गुरिल्ला ४५० मा हिमालयन जस्तै धेरै कम्पोनेन्ट हुनेछ । विशेष गरी सो बाइकलाई अन रोड प्रयोगको लागि डिजाइन गरिएको हो । यसको एडीभी काउन्टरपार्ट भन्दा सस्तो हुने अपेक्षा गरिएको छ ।
सो बाइकमा सिंगल पड इन्स्ट्रयुमेन्ट कन्सोल, राउन्ड एलईडी हेडलाइट, ठुलो फ्युल ट्याङ्की र सिङ्गल सिट जस्ता सुविधा रहेको छ । यसको सिंगल-पड कन्सोल हिमालयनमा दिइएको टीएफटी डिस्प्लेसँग मिल्दोजुल्दो हुने सम्भावना रहेको छ । बाइकको ट्याङ्क र टेल सेक्शन हिमालयन ४५० जस्तै देखिन्छ । गुरिल्ला ४५० मा अलोय ह्विल र ट्युबलेस टायर दिइएको छ । यसमा हिमालयनमा दिइएको यूएसडी फोर्कको सट्टा गेटेड टेलिस्कोपिक फोर्क फिचर दिइएको छ ।
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि...
रोयल इन्फिल्डले १६ दिनपछि अर्थात जुलाई १७ मा नयाँ मोटरसाइकल गुरिल्ला ४५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...