बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लाल र प्रमुख कार्यकारी अधिकृत गोविन्द राजन बालकृष्णनले रोयल इन्फिल्ड गुरिल्ला ४५० काे आधिकारिक लन्च जुलाई १७ मा बार्सिलोनामा हुने घोषणा गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोना पछि सो बाइक भारत सहित विश्वका अन्य देशमा पनि लन्च हुनेछ ।

सो बाइकमा  हिमालयनमा जस्तै ४५२ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ४० एचपी पावर र ४० एनएम टर्क जेनेरेट गर्छ। ट्रान्समिसनका लागि यसमा ६ स्पिड गियरबक्स दिइएको छ । गुरिल्ला ४५० मा हिमालयन जस्तै धेरै कम्पोनेन्ट हुनेछ । विशेष गरी सो बाइकलाई अन रोड प्रयोगको लागि डिजाइन गरिएको हो । यसको एडीभी काउन्टरपार्ट भन्दा सस्तो हुने अपेक्षा गरिएको छ ।

सो बाइकमा सिंगल पड इन्स्ट्रयुमेन्ट कन्सोल, राउन्ड एलईडी हेडलाइट, ठुलो फ्युल ट्याङ्की र सिङ्गल सिट जस्ता सुविधा रहेको छ । यसको सिंगल-पड कन्सोल हिमालयनमा दिइएको टीएफटी डिस्प्लेसँग मिल्दोजुल्दो हुने सम्भावना रहेको छ । बाइकको ट्याङ्क र टेल सेक्शन हिमालयन ४५० जस्तै देखिन्छ । गुरिल्ला ४५० मा अलोय ह्विल र ट्युबलेस टायर दिइएको छ । यसमा हिमालयनमा दिइएको यूएसडी फोर्कको सट्टा गेटेड टेलिस्कोपिक फोर्क फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हिमालयन ४५० मा हुनेछन् यी नयाँ विशेषता

रोयल इन्फिल्ड हिमालयन ४५० मा हुनेछन् यी नयाँ विशेषता

रोयल इन्फिल्डले छिट्टै लन्च गर्ने तयारी थालेको हिमालयन ४५० अहिले अफरोड...

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...

नेपालमा कुन नयाँ मोटरसाइकल लन्च गर्दैछ रोयल इन्फिल्ड ?

नेपालमा कुन नयाँ मोटरसाइकल लन्च गर्दैछ रोयल इन्फिल्ड ?

काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको नयाँ मोटरसाइकल लन्च हुँदैछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...