रोयल इन्फिल्ड पोकर रन नेपाल हुने, करिव १५० राइडर पोखरा पुगेर नयाँ वर्ष मनाउने
काठमाडौं – आगामी चैत ३० गते १४औं संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब मोटरसाइकल स्पोर्ट्समा समेत सहभागी हुने भएको छ । रोयल इन्फिल्ड नेपालले यो भन्दा पहिले विभिन्न एड्भेन्चर र मोटरसाइकल टुरिजमका लागि कार्य गरिरहेकोमा अब भने मोटरसाइकल स्पोर्ट्समा समेत सामेल हुने भएको हो ।
यस अनुसार रोयल इन्फिल्ड नेपालले केही समयमै मोटरसाइकल स्पोर्ट्स सम्बन्धी इभेन्ट ‘फ्ल्याट ट्रयाक फन’ आयोजना गर्ने भएको छ । अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल भन्छन्, ‘पहिले देखि नै एड्भेन्चर र टुरिजमका लागि विभिन्न कार्य गरिरहेकोमा अब भने रोयल इन्फिल्ड नेपाल मोटरसाइकल स्पोर्ट्समा समेत सहभागी हुने निर्णय गरेको छ ।’
यस अनुसार पहिलो पटक फ्ल्याट ट्रयाक फन कार्यक्रम आयोजना हुनेछ । यसको लागि तयारी भइरहेको र छिट्टै नै मिति समेत सार्वजनिक गरिने छ ।
रोयल इन्फिल्ड नेपाल अर्थात अल्फा अटोमोटिभले केही दिन पहिले मात्र ‘मनाङ मेनिया’ र ‘नेपाल राइडर्स मिट’ सम्पन्न गरेको छ । मनाङ मेनियामा रोयल इन्फिल्ड राइडरहरु काठमाडौं देखि मनाङ सम्म पुगेर विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न भएका थिए । टर्की, भुटान, भारत, अष्ट्रेलिया र नेपालका गरी १३५ राइडर सहभागी सो कार्यक्रम ऐतिहासिक बनेको थियो । त्यसैगरी नेपाल राइडर्स मिट मोरङको लेटाङस्थित राजारानीमा सम्पन्न भएको थियो । युके, अष्ट्रेलिया, भुटान, भारत र नेपालका गरी ३०५ जना राइडर सहभागी यो कार्यक्रम त्यस क्षेत्रकै अविष्मरणिय बनेको थियो । यी कार्यक्रममार्फत एड्भेन्चर र टुरिजम प्रमोसनका साथै सेफ्टी राइडिङका वारेमा समेत जनचेतना जगाउने कार्य भएको थियो ।
यी वाहेक समय समयमा विभिन्न प्रकारका वेलफेयर राइड, लेडी बाइकर्स राइड, वान राइड, रिसेस राइड, विन्डी राइड जस्ता विभिन्न राइड कार्यक्रम आयोजना गर्ने गरेको छ । यी राइडमा अन्य कुराका अतिरिक्त विभिन्न च्यारिटी सम्बन्धी कार्यक्रम समेत हुने गरेका छन् ।
रोयल इन्फिल्डले पहिले मोटरसाइकल नपुगेकै स्थानमा समेत समूहमै रोयल इन्फिल्डका मोटरसाइकल पु¥याएर विभिन्न स्थानको एक्स्प्लोर गर्ने कार्य समेत गरेको छ । यस अनुसार रोयल इन्फिल्ड बाइकरहरु सामूहिक रुपमा रारा, हलेसी, तातोपानी, पाथीभरा, कालिन्चोक, जिरी आदि स्थानमा पुगिसकेका छन् भने मनाङ, मुस्ताङ, चितवन, पोखरा जस्ता पर्यटकीय स्थानमा त झन् धेरै पटक पुगिसकेका छन् ।
अब रोयल इन्फिल्ड मोटरसाइकल स्पोर्ट्समा समेत प्रवेश गरेमा यसले नेपाली अटोमोबाइल स्पोर्ट्समा नयाँ आयाम थप्ने अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं – आगामी चैत ३० गते १४औं संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’...
काठमाडौं लिजेन्ड्सले आयोजना गरेको ‘राइड टु रारा लेक’ भव्यतापूर्वक...
काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो १५० एनके सोल्ड आउट भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...