पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्नेहरुका लागि शुरु भयो एक्सचेन्ज मेला, यस्तो हुनेछ फाइदा

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले ‘एक्सचेन्ज मेला’ कार्यक्रम प्रारम्भ गरेको छ । आज चैत १५ देखि प्रारम्भ भएको सो मेला आगामी चैत १७ सम्म चल्ने छ ।

सो कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्याल्युएसन र स्पट फाइनान्सको सुविधा उपलब्ध हुनेछ । साथसाथै ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको जेन्युइन मोटरसाइकल एसेसरिज पनि प्राप्त गर्नेछन् ।

यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीको भनाइ छ । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ ।

ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्याल्युएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्पहरू हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन्। यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

नेपाली बजारमा भित्रियो सीएफमोटोको २५० सीसी स्पोर्ट्स रेसिङ मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा सीएफमोटोको २५० एसआर बाइक भित्रिएको छ । नेपालका...

रोयल इन्फिल्डका पाँच नयाँ मोटरसाइकल बुलेट ६५० देखि फ्लाइङ फ्ली एस६ सम्म सार्वजनिक

रोयल इन्फिल्डका पाँच नयाँ मोटरसाइकल बुलेट ६५० देखि फ्लाइङ फ्ली एस६ सम्म सार्वजनिक

रोयल इन्फिल्डले ईआईसीएमए २०२५ मा आफ्ना आगामी पाँच मोडल सार्वजनिक गरेको छ ।...

हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक

हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...