नेपाल सहित विभिन्न देशका २०० जना रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाँदै
काठमाडौं– नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल...
रोयल इन्फिल्डका ३५० सीसी सेगमेन्टको बाइक निकै लोकप्रिय भइरहेको समयमा अब कम्पनीले ४५० सीसी सेग्मेन्टमा पनि प्रवेश गर्ने तयारी गरिरहेको छ । यो बाइक सम्भवतः २०२३ को पहिलो त्रैमासिकमा लन्च गर्ने अपेक्षा राखेको छ । यो बाइक हिमालयन ४११ सँग मिल्दोजुल्दो हुनेछ तर यो अझ शक्तिशाली इन्जिनसहित लन्च हुनेछ ।
रिपोर्टका अनुसार रोयल इन्फिल्डले नयाँ प्लेटफर्मको विकासमा काम गरिरहेको छ । कम्पनीले यस प्लेटफर्मको कोडनेम के१ राखेको छ । कम्पनीले सो प्लेटफर्ममा आधारित आफ्नो पहिलो एड्भेन्चर बाइक लन्च गर्ने योजना बनाएको छ । के१ प्लेटफर्ममा आधारित एड्भेन्चर बाइक हिमालयन ४५० नामबाट लन्च गरिनेछ ।
हालै सार्वजनिक गरिएको सो बाइकको तस्बिर अनुसार यो बाइकमा एकल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको देख्न सकिन्छ र यसले ४० एचपीको पावर जेनेरेट गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार के१ प्लेटफर्ममा निर्माण गरिएको बाइकले विश्वव्यापी रूपमा अन्य बाइकसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ र कम्पनीले विशेषगरी केटीएम ३९० एड्भेन्चर बाइकसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ । हिमालयन ४५० को टर्क जेनेरेटको बारेमा अझै खुलासा गरिएको छैन ।
हाल उपलब्ध हिमालयन ४११ सीसी इन्जिनले २४.३ बीएचपीको पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
हिमालयन ४५० मा ट्रेलिस फ्रेम प्रयोग गरिने छ जुन हिमालयन ४११ भन्दा हल्का हुनेछ । हिमालयन ४५० मा हाल प्रयोग गरिएको टेलिस्कोपिक फोर्कको तुलनामा यूएसडी फोर्क प्रयोग गरिने छ ।
सो बाइकले केटीएम ३९० र बीएमडब्ल्यु जी३१०जीएस एड्भेन्चर बाइकसँग समेत प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल...
काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ ।...
रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...