आधुनिक प्रविधिले सुसज्जित रोयल इन्फिल्ड क्लासिक ६५० लन्च

राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च गरेको छ । सो बाइक केही हदसम्म क्लासिक ३५० सँग मिल्दोजुल्दो छ । यसमा ६५० सीसी इन्जिन जडान गरिएको छ ।

नयाँ क्लासिक ६५० मोटरसाइकल हट रड, क्लासिक टिल र क्रोम ब्ल्याक गरी ३ भेरिएन्टमा पेश गरिएको छ । सो बाइकमा आधुनिक प्रविधि प्रयोग गरिएको छ । ६५० सीसी ट्विन-मोटर प्लेटफर्ममा निर्मित सो बाइकमा अगाडि झुकेको डिजाइन रहेको छ । यसमा चौडा टायर प्रदान गरिएको छ ।  साथै टियरड्रप आकारको इन्धन ट्याङ्की, एलईडी हेडलाइट र टेललाइट प्रदान गरिएको छ ।

सो बाइकमा ओडोमिटर, ट्रिप मिटर, फ्युल लेभल इन्डिकेटर, सर्भिस रिमाइन्डर, गियर पोजिसन इन्डिकेटर र घडी लगायत अन्य महत्त्वपूर्ण जानकारी देखाउने डिजिटल एलसीडी स्क्रिन छ ।  बाइकको तौल करिब २४३ किलोग्राम छ र यसमा १४.७ लिटरको इन्धन ट्याङ्की जडान गरिएको छ ।

नयाँ रोयल इन्फिल्ड क्लासिक ६५० मा इन्जिन र पावरको लागि ६४८ सीसीको आयल कुल्ड ट्विन सिलिन्डर इन्जिन छ, जसले ४७ हर्सपावर र ५२.३ एनएमकाे पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स र प्रिमियम सस्पेन्सन दिइएको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् हन्टर ३५० का ५ विशेषता

यस्ता छन् हन्टर ३५० का ५ विशेषता

रोयल इन्फिल्डले लगभग २ लाख ३९ हजार मूल्यमा हन्टर ३५० लन्च गरेको छ । यसको...

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...

यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

येज्दीको मोटरसाइकलले २६ वर्षपछि भारतीय बजारमा पुनरागमन गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...