महिन्द्राको ठूलो सफलताः लामो समय पश्चात अन्ततः पायो बिक्री अनुमति

महिन्द्राले दोस्रो विश्वयुद्धमा बनेको विलिस जिपसँग मिल्दोजुल्दो एसयूभी बनाएका कारण महिन्द्रा रोक्सरको बिक्रीमा प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकी अदालतमा लामो समयको लडाइपछि महिन्द्राले अन्ततः लडाइ जितेको छ र रोक्सरको बिक्रीका लागि अनुमति पाएको छ ।

अमेरिकाको मिचिगन अदालतले महिन्द्रालाई अफरोड कार रोक्सरको उत्पादन र बिक्री गर्न अनुमति दिएको हो । यो सानो आकारको किफायती फोर बाई फोर अफरोड कार भएको कारण उत्तर अमेरिकामा यसको माग बढी छ । यसको कम्प्याक्ट साइजको कारण यो कार जहाँ पनि चलाउन सकिन्छ ।

महिन्द्रा रोक्सरले अमेरिकी बजारमा जिपको अफरोड कारसँग प्रतिस्पर्धा गर्छ । सन् २०१९ मा फिएट क्रिसलर अटोले रोक्सरको डिजाइनमा आपत्ति जनाएको थियो र यूएस इन्टरनेसनल ट्रेड कमिसनबाट रोक्सरको बिक्रीमा प्रतिबन्ध लगाउन माग गरेको थियो । महिन्द्राले विलिस जिपको बक्सी डिजाइन र ग्रिलको नक्कल गरेको भन्दै मिचिगन अदालतले रोक्सरको डिजाइन परिवर्तन नभएसम्म बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

महिन्द्राले अदालतको आदेशलाई सम्बोधन गर्दै यसको डिजाइनमा परिवर्तन गरेर २०२० मा रोक्सरलाई पुनः सार्वजनिक ग¥यो । तर, एफसीएको आपत्तिका कारण यो २०२३ सम्म लम्बियो । अन्ततः जुलाईमा अदालतले रोक्सरको डिजाइनमा कुनै आपत्ति फेला पारेन र जुलाई १९ मा नयाँ रोक्सरको बिक्री सुरु गर्न अनुमति दिएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...