पोखरामा पहिलो पटक पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४ हुने
पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्ड्युरो क्रस...
चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड टुमा सुजन थापा मगर र संस्कार विष्ट विजयी बनेका छन् ।
गत शनिबार सम्पन्न सो च्याम्पियनसिपमा नेसनल र नोभिस तर्फ प्रतियोगिता भएको थियो । नेसनल तर्फ सुजन थापा विजयी बने भने अजय तामाङ र रितेश खत्रीले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी नोभिस तर्फ संस्कार विष्ट विजयी बने भने अभिनव राज मल्ल र रुमुहाङ राईले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
विजयी खेलाडीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का कार्यकारी निर्देशक गोविन्द भट्टराई र नासा बागमतीका अध्यक्ष राजन पियाले पुरस्कार प्रदान गरे ।
मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको नेपाल रोड रेसिङ च्याम्पियनसिपलाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्था एवम् टीभीएस र यामाहा मोटरसाइकलको समेत सहयोग रहेको थियो ।
च्याम्पियनसिपका लागि चितवन अटोमोबाइल डिलर्स एसोसिएसन तथा सेल, लिक्वी मोली, पेट्रोनस, गल्फ, क्यास्ट्रोल, एभरेष्ट लुब्रिकेन्ट एवम् कवच गियर लगायतको सहयोग रहेको थियो ।
च्याम्पियनसिप यो भन्दा पहिले काठमाडौंमा सम्पन्न भइसकेको छ । यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको मोटर स्पोर्ट्स नेपाल क्लबका कार्यकारी निर्देशक विनोद तण्डुकारले बताए ।
पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्ड्युरो क्रस...
ध्रुव राठी एक लोकप्रिय युट्युबर हुन्। उनी आफ्नो भिडियोका कारण इन्टरनेटमा...
विश्वकै सबैभन्दा खतरनाक रेसट्रयाक मध्ये एक मानिने अजरबैजानको बाकुस्थित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...