रोल्स रोयसले डेलिभरी ग-यो विश्वकै महँगो कार आर्केडिया ड्रपटेल, यस्तो छ विशेषता

बेलायती लक्जरी कार निर्माता रोल्स रोयस आफ्नो लक्जरी र क्राफ्टका लागि विश्वभर परिचित छ । कम्पनीले हालै नयाँ प्रिमियम र महँगो कार आर्केडिया ड्रपटेल प्रस्तुत गरेको छ ।

आर्केडिया नाम ग्रीक पौराणिक कथाबाट लिइएको हो, जसको अर्थ पृथ्वीमा स्वर्ग हो । यो कम्पनीको पूर्व–नियोजित ४ अल्ट्रा एक्सक्लुसिभ रोडस्टर मध्ये तेस्रो मोडल हो ।

आर्केडियाको एक्सटेरियर सेतो रङले सुसज्जित छ । सो रङ विशेष गरी यस मोडलको लागि डिजाइन गरिएको हो । रङमा आल्मुनियम र ग्लासका कणहरु पनि मिश्रित छ, जसले कारमा लाइट पर्दा अझ चम्किलो बनाउँछ । साथै कार्बन फाइबर एलिमेन्टलाई सिल्भर रङमा डिजाइन गरिएको छ ।

कारको इन्टेरियरमा पनि एक्सटेरियरसँग मेल खाने सेतो रङमा रङ्ग्याइएको छ । साथै सिटको बाहिरी भाग र हेडरेस्ट पनि त्यही अनुसारको रङमा सुसज्जित छ । कारको ड्यासबोर्ड, डोर प्यानल र कुर्सीको पछाडि रोटेबल पार्ट काठले डिजाइन गरिएको छ ।

क्याबिनमा काठका विभिन्न टुक्राहरू बनाउन कम्पनीलाई ८ हजार घण्टाभन्दा बढी समय लागेको जानकारी दिइएको छ । आर्केडियाको सबैभन्दा प्रभावशाली विशेषता भनेको ड्यासबोर्ड माउन्ट गरिएको घडी हो, जसलाई निर्माण गर्नका लागि कम्पनीलाई २ वर्ष भन्दा बढी समय र जम्मा गर्न ५ महिना लागेको थियो ।

रोल्स रोयस आर्केडिया ड्रपटेल ट्विन टर्बोचार्ज्ड ६.६ लिटर भी१२ इन्जिनद्वारा संचालित छ, जसले ५९३ हर्सपावर र ६२० पाउण्ड फिट टर्क जेनेरेट गर्छ । सो कार पहिले नै सिंगापुरमा यसको मालिकलाई हस्तान्तरण गरिसकिएको छ । यसको मूल्य करिब ४ करोड रुपैयाँ रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...