टेस्लामा रोबोटको आक्रमण, इन्जिनियरको ढाड र हातमा गम्भीर चोट

टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा पाएको टेस्ला रोबोटले एक इन्जिनियरमाथि आक्रमण गरेको रिपोर्ट डेलीमेलले सार्वजनिक भएको छ । सो घटना नोभेम्बर १०, २०२१ मा भएको थियो । कम्पनीका इन्जिनियर अन्य दुई खराब टेस्ला रोबोट ठीक गर्न प्रयास गरिरहेको बेला सो रोबोटले आक्रमण गरेको थियो ।

आक्रमणकारी रोबोटले इन्जिनियरलाई भुइँमा पछारी धारिलो धातुले इन्जिनियरको पछाडि र पाखुरामा आक्रमण गरेको थियो । सो घटनाको तुरुन्तै प्रतिक्रिया दिँदै, अन्य कर्मचारी सदस्यहरूले आपतकालीन बटन थिचे र आक्रमणकारी रोबोटलाई नियन्त्रणमा लिए ।

रिपोर्टका अनुसार कम्पनीमा उपस्थित इन्जिनियर अन्य रोबोटका लागि सफ्टवेयर प्रोग्रामिङ गरिरहेको बेला रोबोटले आक्रमण गरेको थियो । कम्पनीका अनुसार उक्त कर्मचारीलाई गम्भीर चोट नभएको बताइएको छ, तर पनि टेस्लाले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।

टेस्ला कम्पनीमा प्रत्येक २१ कर्मचारी मध्ये एक जनालाई रोबोटले चोट पु-याउने गरेको अमेरिकी व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासनले बताएको छ । गत वर्ष पनि एक कर्मचारीको टाउकोमा धातु खसेको थियो । सोही वर्ष, टेस्लाको मोडल वाईको अन्डरबडी उत्पादन गर्ने कास्टिङ क्षेत्रमा विस्फोट भएको थियो ।

सम्बन्धित समाचारहरू

हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

दक्षिण कोरियाली बजारमा रहेको हुन्डाई र कियाको बजारलाई चिर्नका लागि...

इलेक्ट्रिक कार खरिदका लागि उत्कृष्ट तीन देश, नगद छुटदेखी चार्जिङ पूर्वाधारसम्मको सुविधा

इलेक्ट्रिक कार खरिदका लागि उत्कृष्ट तीन देश, नगद छुटदेखी चार्जिङ पूर्वाधारसम्मको सुविधा

अहिले विश्वका अधिकांश राष्ट्रहरुले आफ्ना नागरिकलाई इलेक्ट्रिक भेइकल...

प्रत्येक २३ सेकेन्डमा एउटा चेरी कार निर्यात, २३ वर्षसम्म निर्यातमा अग्रणी

प्रत्येक २३ सेकेन्डमा एउटा चेरी कार निर्यात, २३ वर्षसम्म निर्यातमा अग्रणी

चीनको अग्रणी कार निर्माता चेरीले २०२५ मा बिक्री गरेको कुल कारको तथ्यांक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...