शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् । 

गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ । विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ । 

“गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम शुरु गर्दैछौँ”, भ्यानका डिजाइनर अभिषेक कार्कीले भने । उनका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो । नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो । 

कार्कीले भने, “केही रकम त हामीले खर्चेर निर्माणलाई अघि बढाइयो, तर समयमै थप रकम नआउँदा सामग्री उपलब्ध हुन सकेन र काम त्यत्तिकै रोकिएको थियो ।” उनलगायत छजनाको अभियान्त्रिक कार्मशाला टोलीले उक्त रोबो भ्यान निर्माणको काम थालेको हो । शव व्यवस्थापनमा नेपालमै पहिलो प्रविधियुक्त उक्त भ्यान निर्माणमा रु १० लाख लाग्नेछ । 

रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ । “भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ”, कार्कीले भने । भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुने बताइन्छ । 

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव छुन नुहने भन्ने भएपछि यससम्बन्धी प्रयोगका लागि आफूले परिकल्पना गर्दै जाँदा ‘रोबो भ्यान’को डिजाइन नै उपयुक्त लागेर स्कुल अफ इन्जिनीयरिङका आफ्ना सहपाठीको एउटा टोली बनाएको इन्जिनीयरिङका विद्यार्थी कार्कीले बताए ।

 “एक वर्षपछि भए पनि रोबो भ्यान निर्माणको हाम्रो लक्ष्य पूरा हुनेनैछ”, उनले भने । रोबो भ्यानको परीक्षण सफल भएमा सरोकारवालाबाट बजेट व्यवस्थापन गरी आवश्यकताअनुसार थप भ्यान निर्माण गर्न सकिनेमा अपेक्षा गरिएको छ । 

राजकुमार पराजुली

सम्बन्धित समाचारहरू

काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही

काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही

काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी...

चार्जिङ स्टेसन बनाउन, सवारी साधन खरिद गर्न र मर्मत सम्भार गर्न सहुलियत ऋण पाइने

चार्जिङ स्टेसन बनाउन, सवारी साधन खरिद गर्न र मर्मत सम्भार गर्न सहुलियत ऋण पाइने

काठमाडौं – सरकारले आज प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक...

नेपाल चिकित्सक संघको एम्बुलेन्स सेवा प्रारम्भ, यसरी लिन सकिन्छ सेवा

नेपाल चिकित्सक संघको एम्बुलेन्स सेवा प्रारम्भ, यसरी लिन सकिन्छ सेवा

काठमाडौं – नेपाल चिकित्सक संघले एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । संघका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...