इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

काठमाडौँ – ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको बताएको छ ।

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन गरेको बताइएको छ । चाहे ओरालो होस वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ । जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाब र बिना चालकको सिटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गराएको कम्पनीले बताएको छ ।

ओराको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै बाटोमा ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान आफू तर्फ तान्यो । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वाल मोटरलाई अगाडि बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ ।’

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ । यो आफ्नो फेसनेवल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडी प्रति जिज्ञासु बनाउन सफल भएको छ ।

ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरु सहित कम्पनीका विश्वव्यापी टोलीहरुद्वारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकिकृत गर्दछ ।

ग्रेटवाल मोटर थाइल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६ हजार भन्दा बढी अर्डरहरु प्राप्त गरेको छ । यसै अनुसार नेपाली बजारमा समेत ओरा गुड क्याट राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकता अनुसारको हुने विश्वास राखेको कम्पनीको भनाइ छ । कम्पनीले भनेको छ, ‘हामी विश्वस्त छौँ की ओरा गुड क्याटले नेपालमा सार्वजनिक भएसँगै नेपाली इलेक्ट्रिक भेइकल इन्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउनेछ ।’

ओरा गुड क्याटपछि ग्रेटवाल मोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थप दुई इलेक्ट्रिक गाडीका भेरिएन्टहरु लन्च गर्ने योजना बनाएको समेत बताएको छ ।

सम्बन्धित समाचारहरू

एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथर इनर्जीले चाँडै नै इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्ने भएको छ ।...

खुल्यो ओरा ०३ इलेक्ट्रिक क्रसओभरको बुकिङ, मूल्य ४७ लाख ४९ हजार

खुल्यो ओरा ०३ इलेक्ट्रिक क्रसओभरको बुकिङ, मूल्य ४७ लाख ४९ हजार

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्ल्युएमको आधिकारिक...

कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन गाडीलाई निरुत्साहन गर्न सर्वाेच्चको परमादेश

कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन गाडीलाई निरुत्साहन गर्न सर्वाेच्चको परमादेश

काठमाडौं–सर्वाेच्च अदालतले कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...