३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी
काठमाडौं – नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख...
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध इलेक्ट्रिक कार ओरा गुड क्याटको तीन भेरिएन्टको विशेषता सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले हाल यसको परीक्षण गरिरहेको छ । यसको विशेषता समेत आधिकारिक रुपमा कम्पनीले सार्वजनिक गरेको छैन ।
कम्पनी स्रोतका अनुसार नेपाली बजारमा तीन भेरिएन्ट टेक ४०१, अल्ट्रा ४०१ र अल्ट्रा ५०१ गरी तीन भेरिएन्टमा यो इलेक्ट्रिक कार उपलब्ध हुनेछ । सबैभन्दा तल्लो भेरिएन्ट टेक ४०१ को तुलनामा अन्य दुई भेरिएन्टमा धेरै फिचर उपलब्ध छन् ।
यद्यपि सबै भेरिएन्टमा २४६ किलोवाटको मोटर छ भने बुट क्षमता २२८ लिटर छ । त्यसैगरी ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ । अघिल्लो दुई भेरिएन्टमा ४८ किलोवाट आवर र माथिल्लो अल्ट्रा ५०१ भेरिएन्टमा ६३ किलोवाट आवरको ब्याट्री छ । दुई भेरिएन्टले ४५० किलोमिटर र माथिल्लो भेरिएन्टले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । यद्यपि व्यावहारिक रुपमा यो रेन्ज फरक हुन सक्छ । तीनै भेरिएन्टल १०५ किलोवाट पावर र २१० एनएम टर्क जेनेरेट गर्छ ।
टेक ४०१ मा पार्किङ क्यामेरा छ । यसमा १७ इन्चको स्टिल टायर छ । २ एयरब्याग, फेब्रिक सिट मेटरियल आदि फिचर यसमा उपलब्ध छन् । यसको मूल्य ४० लाख रुपैयाँ तोकिएको छ ।
त्यसैगरी अल्ट्रा ४०१ मा ३६० डिग्री क्यामेरा, सनरुफ, ६ एयरब्याग, १८ इन्चको अलोय ह्विल, वायरलेस चार्जिङ, सिन्थेटिक लेदर सिट आदि उपलब्ध छन् । यसको मूल्य ४३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
अल्ट्रा ५०१ मा पनि ३६० डिग्री क्यामेरा, सनरुफ, ६ एयरब्याग, १८ इन्चको अलोय ह्विल, वायरलेस चार्जिङ, सिन्थेटिक लेदर सिट आदि उपलब्ध छन् । यसको मूल्य ४८ लाख रुपैयाँ तोकिएको छ ।
कम्पनीले हाल यसको परीक्षण गरिरहेको छ र केही दिनमै औपचारिक रुपमा लन्चिङ गर्ने बताइएको छ ।
नेपाली बजारमा ग्रेटवालका सवारी साधन भीजी इम्पेक्सले पहिले देखि नै बिक्री वितरण गरिरहेको छ । ग्रेटवाल अन्तर्गतको इलेक्ट्रिक ब्रान्ड ओरा हो ।
काठमाडौं – नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख...
काठमाडौँ- पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग र आपूर्ति बढ्दै गएको छ...
भारतका केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ केन्द्रीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...