अटो व्यवसायीलाई अर्को झट्का : भन्सार महशुल छुट समाप्त, बढ्यो सडक सुधार शुल्क

काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत भारत, चीन र सार्क देशहरुबाट आयात गर्दा लाग्ने भन्सार महशुलमा दिदै आएको छुटलाई हटाएको छ । यसअघि भन्सार दर अनुसार ३ देखि ५ प्रतिशतसम्म छुट हुँदै आएकोमा हिजो प्रस्तुत भएको बजेटले यसलाई हटाएको हो ।

अब विगतमा जस्तो भन्सार महशुलमा छुट कुनै पनि देशबाट हुने आयातमा पाउन सकिने छैन । यसले मोटरसाइकल, कार तथा अन्य सवारीसाधनमा लाग्ने भन्सारमा केही फरक पर्नेछ ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमार्फत सरकाले डिजेल÷पेट्रोल गाडीको सडक सुधार शुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले १ हजार सीसी, १५ सय सीसी र २ हजार सीसीका गाडीमा सडक सुधार शुल्क बढाएका हुन् ।

यसअघि यस्ता सवारी साधनको सडक सुधार शुल्क ८ प्रतिशत थियो । बजेट भाषणपछि भने यी सवारीको सडक सुधार शुल्क १० प्रतिशत पुगेको छ ।

यी व्यवस्थाबाट नेपाली अटो व्यवसायीहरुलाई आहत दिएको छ । यसको प्रत्यक्ष असर उपभोक्तालाई नै पुग्ने छ । अन्ततः प्रत्यक्ष रुपमा बढी पैसा तिरेर सवारी साधन किन्नु पर्ने अवस्था हुन्छ ।

सम्बन्धित समाचारहरू

मिटरमा चल्न थाले पोखराका ट्याक्सी

मिटरमा चल्न थाले पोखराका ट्याक्सी

कास्की – पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा...

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४...

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...