अटो व्यवसायीलाई अर्को झट्का : भन्सार महशुल छुट समाप्त, बढ्यो सडक सुधार शुल्क

काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत भारत, चीन र सार्क देशहरुबाट आयात गर्दा लाग्ने भन्सार महशुलमा दिदै आएको छुटलाई हटाएको छ । यसअघि भन्सार दर अनुसार ३ देखि ५ प्रतिशतसम्म छुट हुँदै आएकोमा हिजो प्रस्तुत भएको बजेटले यसलाई हटाएको हो ।

अब विगतमा जस्तो भन्सार महशुलमा छुट कुनै पनि देशबाट हुने आयातमा पाउन सकिने छैन । यसले मोटरसाइकल, कार तथा अन्य सवारीसाधनमा लाग्ने भन्सारमा केही फरक पर्नेछ ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमार्फत सरकाले डिजेल÷पेट्रोल गाडीको सडक सुधार शुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले १ हजार सीसी, १५ सय सीसी र २ हजार सीसीका गाडीमा सडक सुधार शुल्क बढाएका हुन् ।

यसअघि यस्ता सवारी साधनको सडक सुधार शुल्क ८ प्रतिशत थियो । बजेट भाषणपछि भने यी सवारीको सडक सुधार शुल्क १० प्रतिशत पुगेको छ ।

यी व्यवस्थाबाट नेपाली अटो व्यवसायीहरुलाई आहत दिएको छ । यसको प्रत्यक्ष असर उपभोक्तालाई नै पुग्ने छ । अन्ततः प्रत्यक्ष रुपमा बढी पैसा तिरेर सवारी साधन किन्नु पर्ने अवस्था हुन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

काठमाडौँ – दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको...

अझै अवरुद्ध छन् यी राजमार्ग

अझै अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब चार सय मिटर खन्न बाँकी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब चार सय मिटर खन्न बाँकी

काठमाडौँ -भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...