४०१ सीसी माथिका मोटरसाइकलमा घट्यो १ लाख दस्तुर, यी महंगा मोटरसाइकललाई हुनेछ फाइदा

काठमाडौं – आर्थिक वर्ष २०७८७९ का लागि सार्वजनिक गरिएको बजेटमार्फत ४०१ सीसी भन्दा माथिका मोटरसाइकलमा लाग्ने सडक सम्भार दस्तुरलाई १ लाख रुपैयाँ घटाइएको छ । यो भन्दा पहिले २ लाख रुपैयाँ भएको दस्तुरलाई घटाएर १ लाख रुपैयाँ कायम गरिएको हो ।

नेपाली बजारमा ४०१ सीसी भन्दा माथिका मोटरसाइकल थोरै मात्र बिक्री भए पनि यस्ता मोटरसाइकल रुचाउने ग्राहकका लागि भने यसले केही राहत दिनेछ । बाइक आयातकर्ता कम्पनीहरुले सिधै १ लाख रुपैयाँ नघटाए पनि आगामी दिनमा यी बाइक किन्दा केही सहुलियत भने अवश्य प्रदान गर्नेछन् ।

सामान्यतः बिग बाइक भनिने यस्ता बाइकका पारखीहरु पनि नेपालमा प्रशस्तै छन् । २०७७ चैतको अन्तिम सातामा बेनेली ब्रान्डको ७०२ एस बाइक नेपाली बजारमा भित्रियो । यो बाइकको मूल्य नै २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा भित्रिएका बाइक मध्ये २०७७ सालमा भित्रिएको सायद यो नै अन्तिम महंगो बाइक हुन सक्छ । बेनेलीको यस्तै अर्को महंगो बाइक ६००आई हो । यसको मूल्य २३ लाख ५८ हजार रुपैयाँ तोकिएको छ । आगामी दिनमा यी दुवै बाइकको मूल्यमा अब केही परिमार्जन हुन सक्छ ।

नेपाली बजारमा यस्ता महंगा बाइक प्रशस्तै छन् । गत वर्ष नै यामाहाका ३ मोडल भित्रिए । यामाहाको टीम्याक्स स्कुटर सहित एमटी ०९ र आर६ प्रत्येकको मूल्य नै ३५ लाख रुपैयाँ छ । त्यसैगरी होन्डाको सीबीआर ६०० आरआरको मूल्य ३४ लाख ५० हजार र सीबी ४०० को मूल्य २२ लाख ७५ हजार रुपैयाँ छ ।

नेपाली बजारमा बिक्रीका लागि उपलब्ध बाइक मध्ये एमभी अगस्टाका बाइक पनि निकै महंगा छन् । एमभी अगस्टाको ड्रयागस्टर ८००आरआर–पिरेलीको मूल्य ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एमभी अगस्टाका अन्य बाइक पनि महंगा नै छन् ।

विश्वमै सबैभन्दा महंगो ब्रान्ड मानिने हार्ले डेभिडसनका बाइक समेत नेपाली बजारमा पाउन सकिन्छ । नेपाली बजारमा हाल हार्ले डेभिडसनका स्ट्रिट ७५०, स्ट्रिट रड ७५० र आइरन ८८३ बाइक उपलब्ध छन् । यी बाइकको मूल्य क्रमशः २३ लाख, २७ लाख र ४० लाख रुपैयाँ छ । यद्यपि अब कसैले माग गरेमा मात्र यी बाइक बिक्रीका लागि आयात गरिने बताइएको छ ।

नेपाली बजारमा यतिबेला यी वाहेक डुकाटीले मोन्स्टर, प्यानीगेल भी ४ बाइक बेचिरहेको छ । यी बाहेक अन्य केही कम्पनीले पनि महंगा र ठूला बाइक नेपाल भित्र्याइरहेका छन् ।

यद्यपि यस्ता महंगा मोटरसाइकलको कर आगामी साउन पश्चात मात्र परिवर्तन हुनेछ । यो भन्दा अगाडि नै नेपाल भित्रिएका बाइक नेपाली बजारमा प्रशस्तै संख्यामा स्टक रहेका हुन सक्छन् । आगामी दिनमा कम्पनीहरुले अहिलेको मूल्यमा परिमार्जन गर्छन् वा गर्दैनन् भन्ने कुरा उनीहरुको व्यापारिक नीतिमा भर पर्नेछ ।

सम्बन्धित समाचारहरू

मर्सिडिजको वेबसाइटमा दोस्रो इलेक्ट्रिक कार लिस्टेड, सिंगल चार्जमा ७७० किलोमिटर चल्ने

मर्सिडिजको वेबसाइटमा दोस्रो इलेक्ट्रिक कार लिस्टेड, सिंगल चार्जमा ७७० किलोमिटर चल्ने

भारतीय बजारमा मर्सिडिज बेन्जले पहिलो इलेक्ट्रिक कार ईक्यूसी लन्च गरेको छ...

आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

काठमाडौं – नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै, यस्ता छन् आकर्षक फिचर

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै, यस्ता छन् आकर्षक फिचर

काठमाडौं – नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...