रोड सेफ्टी क्विज सम्पन्न, विजेताको घोषणा

काठमाडौं – छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकको उपलक्ष्यमा रोड सेफ्टी क्विज कम्पिटिसन सम्पन्न भएको छ । नासा फाउन्डेसन नेपालले सेफ एन्ड सस्टेनेबल ट्राभल नेपाल, नेसनल एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी र स्वतन्त्रता अभियान नेपालको सहकार्य तथा एफआईएको सहयोगमा हिजो सो प्रतियोगिताको आयोजना गरेको हो ।

कुल ३० जना सहभागी रहेको सो प्रतियोगितामा सडक, सवारी तथा सडक व्यवस्थापन सम्बन्धी प्रश्नहरु सोधिएको थियो । छनौट चरण र उत्कृष्ट १० को सहभागितामा फाइनल चरण गरी दुई चरणमा खेलाइएको उक्त प्रतियोगितामा सोनिया भण्डारी, जुनुकला श्रेष्ठ र अनमोल थापाले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे ।

विजेताहरुलाई प्रमाणपत्र, नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर सहित सम्मान गरिने नासा फाउन्डेसनले जनाएको छ ।

Streets for Life नाराका साथ छैटौं यूएन ग्लोबल रोड सेफ्टी विक मे १७ देखि २३ सम्म विश्वभर मनाइदै छ ।

सम्बन्धित समाचारहरू

घोषणा पत्रमा अटोमोबाइल र यातायात क्षेत्रका विविध पक्ष समेट्न नासा नेपालद्वारा सुझाव–पत्र पेस

घोषणा पत्रमा अटोमोबाइल र यातायात क्षेत्रका विविध पक्ष समेट्न नासा नेपालद्वारा सुझाव–पत्र पेस

काठमाडौं–सिङ्गो नेपाल आम निर्वाचनको संघारमा उभिएको छ । जनताका दर्जनौँ...

यस्तो रह्यो माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभल, यी बने विजेता

यस्तो रह्यो माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभल, यी बने विजेता

काठमाडौं – माउन्ट एभरेस्ट मोटरस्पोर्ट्स फेस्टिभलमा आशिष भारती अटोक्रस...

एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइलको रिजन-२ (एशिया प्यासिफिक) कार्यकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...