अर्को महिना देखि रेल चलाइने, देउवा र मोदीद्वारा उद्घाटनको तयारी
धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला...
नेपाली समाजमा सवारी दुर्घटनाको क्षतिपूर्ति सम्बन्धी एउटा गहिरो भ्रम र सामाजिक पूर्वाग्रह व्याप्त छ, त्यो हो - "यदि दुई सवारी साधन ठोक्किएमा, ठूलो सवारी साधन (जस्तै-बस, ट्रक) ले अनिवार्य रूपमा सानो सवारी (जस्तै मोटरसाइकल वा कार) लाई क्षतिपूर्ति तिर्नुपर्छ" ।
यो मानसिकता कानुनी नभई 'ठूलो सवारीले बढी क्षति पुर्याउँछ' र 'ठूलो सवारी धनी आर्थिक रूपमा बलियो हुन्छ' भन्ने भावनात्मक र पूर्वाग्रही धारणामा आधारित छ । यो मानसिकता, केवल एक गलत बुझाइ मात्र होइन, प्राय: ठूलो सवारी साधनका चालकलाई घटनास्थलमै अनावश्यक दवाव, गालीगलौज र कहिलेकाहीँ शारीरिक आक्रमणको शिकार समेत बनाउने प्रमुख कारण बनेको छ ।
दुर्घटनापश्चात् क्षतिपूर्ति निर्धारण गर्दा सवारीको आकार होइन, कसको गल्तीले दुर्घटना भयो ? भन्ने कुराले महत्व राख्छ । सवारी चालक तथा धनीहरूमा रहेको 'ठूलो सवारीले क्षतिपूर्ति दिनुपर्छ' भन्ने गलत मानसिकताबाट जोगिन र सुरक्षित रहन निम्न उपायहरू आत्मसाथ गर्नुहोस् :-
नेपालको कानुन 'ठूलो सवारीले क्षतिपूर्ति दिनुपर्छ' भन्ने सामाजिक धारणासँग सहमत छैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले क्षतिपूर्तिको दायित्व सवारी साधनको तौल वा आकारको आधारमा होइन, दुर्घटना गराउने व्यक्तिको कसुर (गल्ती) र लापरबाहीको आधारमा निर्धारण गर्छ । ऐनको दफा १६१ ले लापरवाहीपूर्वक सवारी चलाउनुलाई दण्डनीय अपराध मानेको छ । त्यस्तै दफा १६३ ले दुर्घटनाबाट क्षति पुगेमा कसुरदार पक्षबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराउने व्यवस्था गरेको छ ।
तपाईंले जतिसुकै सानो सवारी चलाए पनि, यदि दुर्घटनामा तपाईंको गल्ती प्रमाणित भयो भने, तपाईं नै कानूनी दायित्वको घेरामा पर्नुहुन्छ । तसर्थ आकार होइन, नियम प्राथमिकतामा राख्नुहोस् । नियम पालना नै दुर्घटनाबाट बच्ने र अनावश्यक कानूनी झन्झटबाट मुक्त हुने उत्तम उपाय हो ।
यदि दुर्घटना भैहालेमा घटनास्थलमा विवाद नगरी तुरुन्तै ट्राफिक प्रहरी र नजिकको प्रहरी कार्यालयलाई खबर गर्नुहोस् । प्रहरीको आधिकारिक मुचुल्का तथा स्थलगत प्रतिवेदनले मात्र कानूनी मान्यता पाउँछ ।
दुर्घटना हुनेबित्तिकै, यदि सम्भव छ भने, तुरुन्तै घटनास्थलको फोटो र भिडियो खिच्नुहोस् । सवारी साधनहरूको अन्तिम अवस्था, बाटोमा ब्रेक लागेको चिह्नलगायत ट्राफिक नियम उल्लङ्घन भएको स्पष्ट देखिनेगरी प्रमाण सुरक्षित गर्नुहोस् ।
प्रहरीलाई घटनाबारे तथ्यपरक र निष्पक्ष बयान दिनुहोस् । कसैको दबाब वा डरले गलत बयान नदिनुहोस् ।
यदि घटनास्थलमा कुनै प्रत्यक्षदर्शी छन् भने, उनीहरूको नाम र सम्पर्क नम्बर टिप्नुहोस् । निष्पक्ष साक्षीको बयानले अनुसन्धानमा ठूलो सहयोग गर्छ ।
क्षतिपूर्ति गल्तीको आधारमा हुन्छ, आकारको आधारमा होइन भन्ने कानूनी ज्ञानको जानकारी लिनुहोस् र सो कुरा आफ्नो वरपरका साथीभाइ, परिवार र चालक समुदायमा फैलाउनुहोस् ।
दुर्घटनापश्चात् तत्काल हुने भावनात्मक विवाद वा हुलदङ्गाबाट जोगिनुहोस् । घटनालाई कानूनी प्रक्रियामा लैजान जोड दिनुहोस् ।
आफ्नो सवारीको बीमा अनिवार्य गर्नुहोस् र त्यसको महत्त्व अरूलाई पनि बुझाउनुहोस् । बीमाले आर्थिक जोखिमलाई व्यवस्थापन गर्न सहयोग गर्छ ।
सडकमा सवारीको आकार फरक हुन सक्छ, तर जिम्मेवारी सबैको बराबर छ । सवारीको आकारले तपाईंको कानूनी दायित्वलाई निर्धारण गर्दैन ।
सुरक्षित ड्राइभिङ, शिष्ट व्यवहार, नियमको पूर्ण पालना र कानूनी सचेतना नै सडक दुर्घटना र यसपछिको गलत मानसिकताबाट जोगिने मुख्य सुरक्षा सूत्र तथा प्रभावकारी उपायहरु हुन् ।
–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला...
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...