ह्यामिल्टनले जिते स्पेनिस ग्रांपी
लुइस ह्यामिल्टनले रोमान्चक मोडमा लुइस भेर्सटापनलाई हराएर स्पेनिस...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ अन्तर्गत सम्पन्न खेलमा श्री पौडेल र संस्कार विष्ट विजयी बनेका छन् । नेसनल र नोभिस गरी दुई क्याटागोरीमा सम्पन्न सो मोटरसाइकल रेसिङ ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न भएको थियो ।
नेसनलतर्फ श्री पौडेल विजयी बनेका छन् भने अजय तामाङले दोस्रो र रितेश खत्रीले तेस्रो स्थान हासिल गरेका छन् ।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजयी बनेका छन् भने अभिनव राज मल्लले दोस्रो र अनिश थापा मगरले तेस्रो स्थान हासिल गरेका छन् ।

दुवै क्याटागोरीमा विजयी हुने खेलाडीहरुले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदका साथै पदक र शिल्ड प्राप्त गरेका छन् ।
नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा भएको थियो भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा भएको थियो ।
युवा दर्शकहरुको उत्साहका साथ सम्पन्न सो प्रतियोगिता निकै रोमाञ्चक रहेको थियो ।
मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको सो प्रतियोगितालाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्थाको सहयोग रहेको थियो । त्यसैगरी नेपालमा रहेका बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ ।
अफिसियल लुब्रिकेन्ट पार्टनर शेल लुब्रिकेन्ट रहेको छ । त्यसैगरी क्यास्ट्रोल, गल्फ र पेट्रोनस लुब्रिकेन्ट तथा कवच राइडिङ गियरले समेत रेसिङ कार्यक्रमलाई सहयोग गरेका थिए ।
सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइएका थिए ।
विजयी खेलाडीहरुलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्य र अन्य विभिन्न व्यक्तिहरुले पदक तथा शिल्ड वितरण गरेका थिए ।
यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको छ । यसै अनुसार हाल काठमाडौं उपत्यकामा रेसिङ कार्यक्रम आयोजना गरिएको हो ।
लुइस ह्यामिल्टनले रोमान्चक मोडमा लुइस भेर्सटापनलाई हराएर स्पेनिस...
फर्मुला वान २०२२ को संस्करण सम्म आउदा सम्म निकै ठुलो क्रान्ति नै भयो ।...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...