ललितपुरको सातदोवाटोमा भव्यतापूर्वक मोटरसाइकल रेसिङ सम्पन्न, विजयी भए यी राइडर

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ अन्तर्गत सम्पन्न खेलमा श्री पौडेल र संस्कार विष्ट विजयी बनेका छन् । नेसनल र नोभिस गरी दुई क्याटागोरीमा सम्पन्न सो मोटरसाइकल रेसिङ ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न भएको थियो ।

नेसनलतर्फ श्री पौडेल विजयी बनेका छन् भने अजय तामाङले दोस्रो र रितेश खत्रीले तेस्रो स्थान हासिल गरेका छन् ।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजयी बनेका छन् भने अभिनव राज मल्लले दोस्रो र अनिश थापा मगरले तेस्रो स्थान हासिल गरेका छन् ।

दुवै क्याटागोरीमा विजयी हुने खेलाडीहरुले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदका साथै पदक र शिल्ड प्राप्त गरेका छन् ।

नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा भएको थियो भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा भएको थियो ।

युवा दर्शकहरुको उत्साहका साथ सम्पन्न सो प्रतियोगिता निकै रोमाञ्चक रहेको थियो ।

मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको सो प्रतियोगितालाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्थाको सहयोग रहेको थियो । त्यसैगरी नेपालमा रहेका बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ ।

अफिसियल लुब्रिकेन्ट पार्टनर शेल लुब्रिकेन्ट रहेको छ । त्यसैगरी क्यास्ट्रोल, गल्फ र पेट्रोनस लुब्रिकेन्ट तथा कवच राइडिङ गियरले समेत रेसिङ कार्यक्रमलाई सहयोग गरेका थिए ।

सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइएका थिए ।

विजयी खेलाडीहरुलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्य र अन्य विभिन्न व्यक्तिहरुले पदक तथा शिल्ड वितरण गरेका थिए ।

यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको छ । यसै अनुसार हाल काठमाडौं उपत्यकामा रेसिङ कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित समाचारहरू

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

दुई नेपाली राइडर इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा सहभागी हुँदै

दुई नेपाली राइडर इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा सहभागी हुँदै

काठमाडौं – नेपाली बाइक राइडर अभिनव राज मल्ल र श्रीहरी पौडेल नेपालको...

पोखरामा प्रथम गभर्नर्स कप सुपर मोटो बाइक रेसिङ प्रतियोगिता सम्पन्न

पोखरामा प्रथम गभर्नर्स कप सुपर मोटो बाइक रेसिङ प्रतियोगिता सम्पन्न

पोखरा – लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले आयोजना गरेको प्रथम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...