आजदेखि असोज १ गतेसम्म सडक खन्न नपाइने

काठमाडौँ -आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने जनाएको छ ।

वर्षायाम सुरु भएपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

ललितपुर । ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा...

नारायणघाट–बुटवल सडकमा सबै साना पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकमा सबै साना पुल निर्माण सम्पन्न

नवलपरासी – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

पर्वत – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...