मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
चितवन – पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा...
काठमाडौं - लामोसमयपछि भएको वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध भएका छन् ।
पहिरोका कारण अवरुद्ध भएको काभ्रेको विपि राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको चारसयवेशी, घुमाउने र पिप्लेमा एकतर्फी सडक सुचारु भएको नेपाल प्रहरीले जनाएको छ । साथै अरनिको राजमार्गअन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।
यसैगरी धादिङको पृथ्वी लोकमार्गअन्तर्गत वेनिघाटरोराङ गाउँपालिकाको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध भएको सडक पनि एकतर्फी सुचारु भएको छ ।
बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ। बिहीबार साँझ भएको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो। यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खसेकाे छ ।
बाढीका कारण राप्ति राजमार्ग पूर्णरुपमा अवरोध भएको छ भने पहिरोका कारण जाजरकोटको पचालझर्नास्थित सुर्खेत हुम्ला सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । सल्यानको बनगार कुपिण्डेस्थित जाजरकोड सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोकै कारण अवरुद्ध भएको गोकुलेश्वर दार्जुला सडकखण्ड पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
चितवन – पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा...
अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् ।...
मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...