होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी सुलभ मूल्यमै गुणस्तरिय मिरर

काठमाडौं– होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी नयाँ मिरर उपलब्ध भएको छ । स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड कन्सर्नले यी तीन फरक ब्रान्डका स्कुटरलाई लक्षित गरी एचवाईबी–एमआर ब्रान्डका मिरर उपलब्ध गराएको हो ।

चिनको प्रख्यात कम्पनीबाट उत्पादन हुने यी मिरर जेन्यूइन जस्तै गुणस्तरिय भएपनि मूल्य निकै सुलभ रहेको कम्पनीका चेयरम्यान शशिकान्त अग्रवालले बताए । ‘हामीले विगत लामो समयदेखी चीनबाट बिभिन्न ब्रान्डका गुणस्तरिय स्पेयर पार्ट्स आयात गर्दै आएका छौ । बजारको माग र उपभोक्ताको आवश्यकतालाई मध्येनजर गरी आयात गरिने हुँदा हामीले ल्याउने सबैजसो पाट्र्स बजारमा सफल भएका छन् । यसै क्रममा पछिल्लो समय बजारमा निकै माग भएको होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागि आवश्यक मिरर आयात गरेका हौँ’ उनले भने ।

बलियो, टिकाउ र प्रष्ट भिजिबिलिटी भएको यी मिररको डिजाइन समेत निकै आकर्षक रहेको छ । गुणस्तरमा सम्झौता नगरी उत्पादन गरिएका कारण यो निकै बलियो रहेको कम्पनीले दाबी गरेको छ ।

आरएसके ट्रेड कन्सर्नले हाल एचवाईबी–एमआर, एचवाईबी–एमएफ, एचवाईबी–एसएस, आरएसके, एनएसटी, एक्सजिबी र केयरवे लगायत दर्जन बढी आफ्नै ब्रान्डमा स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ । देशैभर बिक्री नेटवर्क भएको यस कम्पनीले टु–ह्विलर स्पेयर पार्ट्सको व्यावसायमा आफ्नो अलग्गै पहिचान कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित...

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

धनुषा – बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति...

नेपालमै सवारी साधन एसेम्बल गर्दा अब ५० प्रतिशत छुट, नेपालमा बन्ने सवारीको मूल्य घट्ने

नेपालमै सवारी साधन एसेम्बल गर्दा अब ५० प्रतिशत छुट, नेपालमा बन्ने सवारीको मूल्य घट्ने

काठमाडौं – सरकारले हालै सार्वजनिक गरेको प्रतिस्थापन विधेयकमार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...