अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

काठमाडौं – घरजग्गा, गाडी र सेयर कर्जामा १५० प्रतिशतसम्म जोखिम भार कायम गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट आगाामी दिनमा अटोमाबाइल व्यवसाय थप संकटमा पर्ने भएको छ । यद्यपि यो व्यवस्था आगामी असार देखि मात्र कार्यान्वयनमा आउने छ ।

अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्थाअनुसार जोखिम भारमा पुनरावलोकन गर्दै बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन पठाउँदै केन्द्रीय बैंकले घर गाडी खरिदका लागि दिइने ऋण, व्यक्तिगत ओभरड्राफ्ट ऋण, घरजग्गा र सेयरमा जाने ऋणको जोखिम भार आगामी असारबाट कार्यान्वयनमा आउने जनाएको हो ।

हायर पर्चेज र ओभरड्राफ्ट ऋणको जोखिम भार पहिले ७५ प्रतिशत थियो । राष्ट्र बैंकले सो क्षेत्रलाई अनुत्पादक मानेर कर्जामा थप कडाइ गर्नेगरी जोखिम भार बढाएको हो । जोखिम बढी हुने क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले न्यूनतम पुँजीकोष अनुपात थप गर्नुपर्ने हुन्छ । यसो गर्दा एकातिर बैंकलाई पुँजी जुटाउन समस्या पर्छ भने अर्कोतिर लागत बढ्छ ।

राष्ट्र बैंकले ५ फागुनमा जारी गरेको चालू आबको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेको व्यवस्थालाई कार्यान्वयन गर्न बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूबाट सो व्यवस्था कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले जोखिम भारमा वृद्धि गर्नु भनेको ऋणलाई निरुत्साहित गर्नु हो । यसो गर्दा एकातिर बैंकलाई पुँजी जुटाउन समस्या पर्छ भने अर्कोतिर लागत बढ्छ । यसकारण बैंकले जोखिम भार बढी भएका क्षेत्रमा कम र थोरै भएका क्षेत्रमा बढी कर्जा प्रवाह गर्न आकर्षित हुन्छन् ।

सम्बन्धित समाचारहरू

पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

काठमाडौं – पारमाउन्ट मोटर्सले आयोजना गरेको मल्टिब्रान्ड ‘एक्सचेन्ज एन्ड...

प्रारम्भिक मूल्य ६९ लाख ९९ हजारका साथ नेपालमा नयाँ एमजी एस६ ईभी सार्वजनिक

प्रारम्भिक मूल्य ६९ लाख ९९ हजारका साथ नेपालमा नयाँ एमजी एस६ ईभी सार्वजनिक

काठमाडौं – नेपालका लागि मोरिस ग्यारेज अर्थात एमजी मोटर्सको आधिकारिक वितरक...

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...