नयाँ बानेश्वरमा राइट टर्निङ होल्डिङ जोन बनाइदै

काठमाडौं - काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वर हुँदै कोटेश्वरसम्म पुग्ने सडक अन्तर्गत नयाँ बानेश्वरमा राइट टर्निङ होल्डिङ जोन बनाउन थालिएको छ ।

नयाँबानेश्वर चोकबाट दायाँतर्फ मोडिने सवारी साधनलाई अझ सहज बनाउन जापानी सहयोग नियोग जाइकाको सहयोगमा राइट टर्निङ होल्डिङ जोन बनाउन सुरु गरिएको हो ।

माइतीघर-तीनकुने खण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शंखमूलतर्फ मोडिँदा नयाँ बानेश्वर चोकमा जाम नहोस् भन्ने उद्देश्यले ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको हो । सडकको दुई लेन छुट्याइने भाग ‘मेडियन आइल्यान्ड’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिनेछ । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनेछ ।

सिभिल अस्पतालबाट नयाँ बानेश्वर चोकसम्म २८० मिटर, बानेश्वर चोकबाट माइतीघरतर्फ २६० मिटर, नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ १९० मिटर र नयाँ बानेश्वरबाट शंखमूलतर्फ १२० मिटरमा नयाँ लेन निर्माण गरिनेछ ।

जाइकाको ६० लाख रुपैयाँ अनुदानमा ७५ दिनभित्र सक्ने गरी असार १६ देखि निर्माण सुरु भएको हो । अहिले आइल्यान्डका बिरुवा र पोल सार्ने काम भइरहेको छ । यसरी निर्माण हुने ‘राइट टर्निङ होल्डिङ जोन’ को सञ्चालनपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा आउने सुधार र त्यसको मूल्यांकनका आधारमा लैनचौरलगायत अन्य अति व्यस्त चोकमा पनि सरकारकै लगानीमा यस प्रकारको होल्डिङ जोनको निर्माण गरिने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने

माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने

आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने...

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाइने

काठमाडौं – सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

काठमाडौं – उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...