रोयल इन्फिल्ड पोकर रन पोखरा प्रस्थान, धुमधामका साथ मनाइदै नयाँ वर्ष
काठमाडौं – रोयल इन्फिल्ड राइडरहरु सहभागी पोकर रन पोखरातिर प्रस्थान गरेको...
काठमाडौं – प्रसिद्ध राइडर दीपक साहले आगामी दिनमा भारतमा आयोजना हुने -याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्ने जानकारी सार्वजनिक गर्न पाउँदा रोयल इन्फिल्ड नेपाल गौरवान्वित बनेको छ । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।
अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदैछन्, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ। नेपालको प्रतिनिधित्वका साथ सो इभेन्टमा दीपकको सहभागिताले देशमा मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउछ ।
-याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ। इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।
दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गर्दछु र म आफ्नो देशलाई गौरवान्वित बनाउन चाहन्छु ।’
सो अवसरमा रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमाटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले रोयल इन्फिल्डले सधै राइडरहरुलाई प्रोत्साहन गरिरहेको र यो अन्तर्राष्ट्रिय इभेन्टमा सफलताका लागि साहलाई शुभकामना प्रदान गरे ।
दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो ।
दीपक साह सन् २०१७ र २०१८ मा समेत -याली अफ हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी २०२२ मा -याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को -याली अफ हिमालयाज र -याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।
रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ। बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पु¥याउनेछ ।
रोयल इन्फिल्ड
रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । यसले सरल, स्थायी र रमाइलो सवारी अनुभव प्रदान गर्ने मोटरसाइकल उत्पादन गर्ने परम्परालाई निरन्तरता दिदै आएको छ। हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो । यसमा भएका विभिन्न क्षमता र सहनशीलताका कारण यो बाइक साहसिक यात्राका लागि विश्वभरका उत्साहीहरूको मनपर्ने बाइक बनेको छ।
-याली अफ हिमालयाज
-याली अफ हिमालयाज संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो, जसले सहभागीहरूलाई हिमालय क्षेत्रका सबैभन्दा खतरनाक र मनमोहक मार्गहरूमा आफ्नो सीप र सहनशीलताको सीमा परीक्षण गर्न आकर्षित गर्दछ। इभेन्टले साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्धलाई जोड दिन्छ।
काठमाडौं – रोयल इन्फिल्ड राइडरहरु सहभागी पोकर रन पोखरातिर प्रस्थान गरेको...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी आधिकारिक बिक्रेता...
काठमाडौं – नेपाली बजारमा लामो समय देखि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...