असोज ३ मा राइड विथ भ्लगर्स हुने, एक दर्जन भ्लगर्स र टु ह्विल टुरिङ एक्सपर्ट सहभागी हुने

काठमाडौं – ए एन्ड एस इभेन्ट्स बाई जेनेसिसले पहिलो पटक काठमाडौंमा राइड विथ भ्लगर्स कार्यक्रम संचालन गर्ने भएको छ । आगामी असोज ३ गते संचालन हुने सो कार्यक्रममा एक दर्जन भ्लगर्स र टु ह्विल टुरिङका एक्सपर्टहरु सहभागी हुनेछन् ।

विश्वकै अग्रगामी मोटरसाइक्लिङ महासंघ एफआईएम तथा नेपालको मोटरसाइकल/मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु ह्विल टुरिङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा सो कार्यक्रम हुने ए एन्ड एस इभेन्ट्सले जनाएको छ ।

नेपालमा सोसियल मिडियाको लोकप्रियता र प्रभावकारिता बढिरहेको अवस्थामा यस प्रकारको राइडले टु ह्विल टुरिङ र मोटरसाइक्लिङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित, व्यवस्थित तथा थप लोकप्रिय बनाउन मदत पुग्ने बताइएको छ ।

असोज ३ गते भ्लगरहरुसँग अन्तरक्रिया, दिउसो काठमाडौँ देखि मार्खु राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझमा भ्लगर्स मिट एन्ड ग्रिट गरिनेछ ।

हालसालै नासा नेपालद्वारा पर्यटन बोर्डको सहयोगमा प्रकाशित Two  wheel Touring In Nepal Manual book समेत सो अवसरमा सार्वजनिक गरिने छ ।

नासा नेपालको एसोसिएट सदस्य ए एन्ड एस इभेन्ट्स बाई जेनेसिस विगत १० वर्ष देखि एड्भेन्चर टुरिजम, टुरिजम स्पोर्ट्स, अफरोड राइड तथा रिक्रिएसनको क्षेत्रमा क्रियाशील अग्रणी कम्पनी हो ।

सम्बन्धित समाचारहरू

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...

काठमाडौंमा आयोजना भयो भिन्टेज गाडीहरुको र्‍याली, ४२ शीर्षकमा दिइयो पुरस्कार

काठमाडौंमा आयोजना भयो भिन्टेज गाडीहरुको र्‍याली, ४२ शीर्षकमा दिइयो पुरस्कार

काठमाडौं – काठमाडौंमा शनिबार क्लासिक कार/बाइक र्‍याली आयोजना भएको छ।...

असोज २९ मा महिला मोटर -याली हुने

असोज २९ मा महिला मोटर -याली हुने

काठमाडौं – नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...