मोटर स्पोर्ट्समा अगाडि बढ्दै काठमाडौं विश्वविद्यालय, विभिन्न कार्यक्रम गर्दै
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...
काठमाडौं - नेपालमा पहिलो पटक राइड विथ भ्लगर्स कार्यक्रम आयोजना भएको छ ।
ए एण्ड एस इभेन्ट्सको आयोजनामा हुने कार्यक्रममा एक दर्जन भ्लगर्स र टु ह्विल टुरीङका एक्सपर्टहरु सहभागी थिए।
कार्यक्रम अन्तर्गत बिहान भ्लगरहरुसँग अन्तरक्रिया, दिउसो काठमाडौँदेखि चित्लाङसम्म राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एण्ड ग्रिट गरिएको थियो।
कार्यक्रमको फोटोग्राफी, भिडियोग्राफी, सोसीयल मिडिया लाइभ तथा डकुमेन्ट्री समेत बनाइने छ ।
यस्तै हालसालै नासा नेपालद्वारा प्रकाशित पर्यटन बोर्डको सहयोगमा टु ह्विल टुरीङ इन् नेपाल म्यानुअल बुकको सार्वजनिक समेत गरिएको थियो ।
यस कार्यक्रम विश्वकै अग्रणी मोटरसाइक्लिङ महासंघ एफआईएम तथा नेपालको मोटरसाइकल/मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु ह्विल टुरीङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) संगको सहकार्यमा भएको हो ।
नेपालमा सोसीयल मिडियाको लोकप्रियता र प्रभाबकारीता बढिरहेको अवस्थामा यस प्रकारको राइडले टु ह्विल टुरीङ र मोटरसाइक्ल्ङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित, ब्यबस्थित तथा थप लोकप्रिय बनाउन मदत पुग्ने विश्वास गरिएको छ ।
आयोजक संस्था विगत १० वर्ष देखि एड्भेन्चेर टुरिजम, टुरिजम स्पोर्ट्स, अफरोड राइड तथा रिक्रिएसनको क्षेत्रमा क्रियासिल अग्रणी कम्पनी हो ।
जुन नासा नेपालको सदस्य संस्था रहेको छ ।
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...
काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...
काठमाडौं – एसियाली मोटरसाइकल फेडेरेसन (FIM ASIA) को आयोजनामा डिसेम्बर १३ देखि १८...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...