शुक्रबार राइड टु घलेगाउँ आयोजना हुने, ४० बुलेट राइडर सहभागी हुने

काठमाडौं – काठमाडौंको सुकेधारास्थित रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिले काठमाडौ देखि लमजुङ घलेगाउँ सम्मको यात्रा ‘राइड टु घलेगाउँ, लमजुङ’ आयोजना गर्ने भएको छ ।

आगामी शुक्रबार प्रारम्भ हुने सो यात्रा विहान ८ बजे शुरु हुनेछ । सोही दिन धादिङको खानीखोलामा खाजा नास्ता गर्दै मुग्लिन पुगेर खाना खाई बेलुकी घलेगाउँ गएर बास बस्ने जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिका म्यानेजिङ डाइरेक्टर जीवन थापाले जानकारी दिए ।

उक्त राइडमा लगभग ४० बटा बुलेट बाइक राइडर सहित करिव ६० जनाको उपस्थिति रहने राइडका क्याप्टेन प्रकाश देब गिरीले जानकारी दिए । दोस्रो दिन शनिबार राइडरहरु घलेगाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ भुजुङ, घानापोखरा बास बस्ने छन् । सो बीचमा लमजुङमै रहेको श्री शैलपुत्री मावि धमिलिकुवालाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरिने छ । आइतबार विहान काठमाडौं फर्किने सो राइड कार्यक्रमको तयारी छ ।

आफ्नो स्थापनाकाल देखि नै विभिन्न च्यारिटी राइड गर्दै आएको जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिले सधैं झै यो बर्ष पनि उक्त कार्यक्रम गर्न लागेको म्यानेजिङ डाइरेक्टर बिक्रम भट्टराईले बताए ।

आन्तरिक पर्यटन प्रवद्र्धन र भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ रोयल इन्फिल्ड बाइक राइडरहरुका लागि यस्ता कार्यक्रम समय समयमा आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

राणा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप...

नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय

नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...