बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडादर निर्धारण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधनको भाडादर निर्धारण गरेको हो ।
निर्धारित भाडादर अनुसार, चार पांग्रे र दुई पांग्रेमा फरक फरक शुल्क समेटिएको छ । त्यसमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ । दुवै सवारी साधनले यात्रुलाई सहुलियत दिनुपर्ने व्यवस्था नियमावलीमै गरिएको छ ।
चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ । त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ । आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको छ । यो भाडा १५६.५ रुपैयाँ हुन्छ ।
तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ । चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जानेछ ।
दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । यो रकम सुरुवाती यात्रा दूरीका लागि प्रयोग हुनेछ भने त्यसपछि प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । आधार भाडा १ किमीसम्म प्रयोग हुनेछ । यसका लागि ४६.८५ रुपैयाँ लाग्नेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...