टीभीएस विक्रेता युनिराइड अटोको आयोजनामा राइड कार्यक्रम सम्पन्न

ललितपुर – टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्रेता युनिराइड अटोको आयोजनामा ‘राइड फर अ कज टीभीएस’ सम्पन्न भएको छ । युनिराइडको शोरुम महालक्ष्मीस्थान ललितपुरबाट शुक्रबार सुरु भएको राइड कुलेखानीसम्म पुगेको थियो ।

राइडको शुक्रबार एक कार्यक्रमबीच प्रमुख अतिथि टीभीएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अग्रवालले टीभीएसका ग्राहकबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नका लागि राइड आयोजना गरेकोमा प्रशंसा गरे ।

टीभीएस ग्राहकहरुबीच फेलोसिप बढाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने लक्ष्यले राइड आयोजना गरिएको युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले बताए । राइडलाई सफल पार्न द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक वसन्त लामाले समेत सहकार्य गरेका थिए । राइडमा टीभीएस अपाचेका ३० जना राइडरहरु सहभागी थिए ।

टीभीएस राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडर अभिषेक अधिकारीले बताए । राइडको शुभारम्भ कार्यक्रममा जगदम्बा मोटर्सका जनरल म्यानेजर दीपक रौनियार, डिलर इन्चार्ज सुजित खड्का लगायतको उपस्थिति थियो ।

यसैबीच राइडकै क्रममा युनिराइड अटोले बाटोमा रहेको बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले सहयोग गरेको सिग्देलले बताए ।

सम्बन्धित समाचारहरू

नयाँ बानेश्वरमा खुल्यो टीभीएसको नयाँ शोरुम सान्भी अटो लिंक

नयाँ बानेश्वरमा खुल्यो टीभीएसको नयाँ शोरुम सान्भी अटो लिंक

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

एन्टर्क ओनर्स ग्रुप ( एनओजी) को हेटौँडा च्याप्टर राइड सम्पन्न

एन्टर्क ओनर्स ग्रुप ( एनओजी) को हेटौँडा च्याप्टर राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...