‘राइड पनि हान्नु पर्छ बिच्च बिच्चमा’

हालै काठमाडौंका विभिन्न स्थानमा भएका बस बिसौनीहरुमा एउटा नयाँ दृश्य देख्न सकिन्छ । यसमा लेखिएको छ, ‘राइड पनि हान्नु पर्छ बिच्च बिच्चमा ।’ होन्डाको लोगो समेत देखिएको सो पोस्टरमा हरिबहादुर एउटा होन्डाको स्कुटर चढेको देख्न सकिन्छ ।

आगामी असोज १३ देखि प्रदर्शन हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई समेत सो पोस्टरमा प्रस्तुत गरिएको छ ।

यी सबै दृश्य हेर्दा हाम्रो मनमा एकै पटक चार प्रकारको भावना आउँछ । सबैभन्दा पहिले ‘राइड पनि हान्नु पर्छ बिच्च बिच्चमा ।’ भन्ने वाक्यले नेपाली महिलाहरुले मनाउँदै गरेको तीजको झल्को दिन्छ । कुनै समयमा निकै नै चर्चित बनेको दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ बोलको गीतलाई यसले पुनः स्मरण गराएको छ । यसबाट यो दृश्य विशेष गरी महिलाहरुलाई सम्मान स्वरुप प्रस्तुत गरिएको पनि मान्न सकिन्छ ।

त्यसैगरी यसले अहिले सम्म पनि चर्चित रहेको मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जोडीबाट बनाइएको मदन बहादुर, हरि बहादुरको पात्र हरि बहादुरलाई झल्काएको छ । यसमा रहेका पात्र हरि बहादुर नै यहाँ पनि देखाइएको छ ।

त्यसैगरी यसले अर्को सन्देश आगामी असोज १३ देखि प्रदर्शन हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई मुख्य रुपमा झल्काएको छ । सो चलचित्रमा होन्डा र बीवाईडी जस्ता अटोमोबाइल सम्बद्ध कम्पनीहरुको समेत सहयोग रहेको छ ।

तर सबैभन्दा महत्वपूर्ण पक्ष भनेको राइड नै हो । यसको अर्थ होन्डा बाइक वा स्कुटर राइडलाई यसले दर्शाएको छ । होन्डाका बाइक र स्कुटर नेपाली बजारमा निकै नै लोकप्रिय ब्रान्डमा पर्छन् । यही कुरालाई मनन गरी होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यस प्रकारको पोष्टर प्रस्तुत गरेको मान्न सकिन्छ ।

होन्डा नेपालले यो भन्दा पहिले पनि यस्तै फरक, अनि आकर्षक पोस्टर यस्ता बिसौनीहरुमा राख्दै आएको थियो । यो भन्दा पहिले ‘रोड रोडमा ५० करोड’ लेखिएको पोस्टर पनि आकर्षक थियो । विश्वभर होन्डाका ५० करोड बाइक बिक्री भएको सन्दर्भमा सो पोस्टर निर्माण गरिएको थियो ।

यो भन्दा पहिले ‘नाई … मलाई त्यही बाइक चाहिन्छ’ भन्ने सन्देश सहितको पोस्टर थियो । यसले युवा राइडरहरुले होन्डाकै बाइक मन पराउने गरेको र त्यही नै चाहिने जिद्दीका साथ अभिभावकलाई अनुरोध गरेको सन्देश यसले दिन खोजेको थियो ।

त्यसैगरी अर्को पोस्टरमा ‘बसमा छैन मेरो मन’ लेखिएको थियो । कुनै युवा सार्वजनिक सवारी साधन ‘बस’ मा बसेको, तर मन भने सडकमा गुडिरहेको अर्को होन्डा बाइकतिर रहेको झल्को यसले दिन्थ्यो ।

विज्ञापनका लागि विभिन्न सामग्री निर्माण गर्ने लहर हाल सबैतिर छ । तर पनि कस्तो सामग्री भन्ने कुराले विशेष महत्व राख्छ ।

होन्डा नेपालले समय समयमा प्रस्तुत गरिरहेको सामग्री भने फरक शैली र फरक सन्देशको देखिन्छ ।

सम्बन्धित समाचारहरू

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण लन्च गरेको छ । डिस्क भेरिएन्टमा...

होन्डा हर्नेट २.० : बाइकरहरुले मन पराउने एक मोडल

होन्डा हर्नेट २.० : बाइकरहरुले मन पराउने एक मोडल

नेपाली बजारमा उपलब्ध होन्डाका विभिन्न मोटरसाइकल मध्ये हर्नेट २.० एक हो ।...

होन्डाले ल्यायो ४० प्रतिशत डाउन पेमेन्ट र अन्य छुट सहितको नयाँ वर्ष अफर (मूल्य सूची समेत)

होन्डाले ल्यायो ४० प्रतिशत डाउन पेमेन्ट र अन्य छुट सहितको नयाँ वर्ष अफर (मूल्य सूची समेत)

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...