बेलायती अर्बपति ब्रान्सन बने आफ्नै यानमा अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति

 बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् ।

७१ वर्षीय ब्रान्सन हिजो अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्सीद्वारा निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका हुन् ।

उक्त यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो । ब्रान्सहित पाँच चालकदलका सदस्यले करिब केही मिनेट गुरुत्वशून्यताको अनुभव गरेका थिए । यान सुरक्षित रुपमा पृथ्वीमा अवतरण भएको छ ।

उनले अवतरण भएपछि भने, यात्रा ‘जीवनभरको अनुभव’ हो।

टेस्लाका इलन मस्क र अमेजनको जेफ बेजोसलाई पछाडी पार्दै अन्तरिक्ष पर्यटन यात्रीहरूमध्ये ब्रान्सनलाई पहिलो बनाउँदछ।

उनी सहितको अन्तरिक्ष बाहन ८५ किलोमिटर माथि पुगेको थियो ।

भर्जिन ग्यालेक्टिकमा अन्तरिक्ष यान अवतरण भएसँगै नासाका अधिकारीहरूदेखि अन्तरिक्ष यात्रीहरू सबैले सोशल मीडियामार्फत बधाई दिएका छन् ।

उनीसँगै युनिटीका दुई पायलट डेभ म्याके र माइकल मासुची, र ग्यालाक्टिकका तीन कर्मचारीहरू बेथ मोसा, कोलिन बेनेट र सिरिशा बन्डला पनि मिसनमा थिए।

भर्जिन समूहका संस्थापक रिचर्ड ब्रान्सनको विश्वभरमा चार सयभन्दा बढी कम्पनी छन् । सन् १९५० मा बेलायतमा जन्मेका उनको पूरा नाम रिचर्ड चाल्र्स निकोलस ब्रान्सन हो । उनले सरको उपाधि भने पछि पाएका हुन् ।

बहुराष्ट्रिय व्यापारका यी उद्यमीले हात नहालेका क्षेत्र बिरलै छन् । उनको व्यापारमा हवाई सेवा, होटल तथा पर्यटन व्यवसायदेखि अन्तरिक्ष पर्यटनसम्म छन् । त्यस्तै उनले अतिरिक्त ऊर्जा, परिधान, पेय पदार्थ, पुस्तक प्रकाशन, क्यासिनो, स्वास्थ्य, दूरसञ्चार, वित्तीय कारोबार, रेडियो, टेलिभिजन, सिनेमालगायत क्षेत्रमा पनि हात हालेका छन् । उनले हात हालेका सबै व्यवसायको सूची लामो बन्छ । धेरै व्यवसायमा हात हालेर सफल हुने चामत्कारिक व्यक्ति पनि हुन् उनी ।

सम्बन्धित समाचारहरू

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यको अन्तरिक्ष अभियानका लागि नयाँ...

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...

चांगन ओशान ५२० बन्यो सीएटीएलको स्वाप गर्न मिल्ने ब्याट्री जडित पहिलो विद्युतीय कार

चांगन ओशान ५२० बन्यो सीएटीएलको स्वाप गर्न मिल्ने ब्याट्री जडित पहिलो विद्युतीय कार

चांगनको ओशान ५२० सेडान कार सीएटीएलको स्वाप गर्न मिल्ने चोको–एसईबी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...