३० प्रतिशत डाउनपेमेन्टमै रिभोल्ट बाइक किन्न पाइने

रिभोल्ट मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाइमा विशेष अफर ल्याएको छ । सो अफर अन्गर्तत ग्राहकले रीभोल्टका इलेक्ट्रिक मोटरसाइकल जम्मा ३० प्रतिशत डाउनपेमेन्टमै खरिद गर्न सक्नेछन् । साथै, कम्पनीले १० हजार रुपैयाँ नगद छुट समेत दिनेछ ।

डाउपेमेन्ट गरेर बाँकी हुन आउने ७० प्रतिशत रकमलाई ५.९९ प्रतिशत ब्यादरमा सरल किस्तावन्दि सुबिधा लिन सकिनेछ । यस स्किमअन्तर्गत लोन प्रोसेस चार्ज नलिगीकनै ३० मिनेटभित्रै कर्जा स्विकृत गरेर मोटरसाइकल डेलिभरी दिइने कम्पनीको भनाई छ ।

रिभोल्टको ५ वटा भेरिएन्ट नेपाली बजारमा बिक्री हुँदै आएको छ । जसमा फ्ल्यागशिप भेरिएन्ट आरभी–४०० देखी आरभी–४०० बीआरजेड, ब्लेजएक्स, आरभी–१ र आरभी–१ प्लस छन् । यी मोटरसाइकलको मूल्य २ लाख ९९ हजारदेखी सुरु हुन्छ ।
आरभी१ मा २.२ किलोवाट आवरको ब्याट्री प्याक र २.८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले सिंगल चार्जमा १०० किलोमिटर रेन्ज दिन्छ । त्यसपछिका सबै मोडलमा ३.२४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर क्षमता ४.१ किलोवाट छ । यी चारवटै भेरिएन्टले एकपटकको फुल चार्जमा ११५ किलोमिटर रेन्ज दिन्छ भने टप स्पिड ८५ किलोमिटर प्रति घण्टा छ ।

रिभोल्ट भारतको सबैभन्दा ठूलो ईभी मोटरसाइकल ब्रान्ड हो । यो भारतमा एकदमै सफल भएको ब्रान्ड समेत हो । भारत र नेपालको परिवेश उस्तै भएकाले यो नेपालका लागि समेत उपयुक्त रेहेको कम्पनीका सेल्स एण्ड सर्भिस हेड दिपक कुमार झाले बताए । ‘भारतमा बन्ने हुँदा बिक्री पछिको सेवा र स्पेयर पार्ट्स पनि सहजै उपलब्ध हुन्छ । नेपालमा यसलाई ढुक्क भएर चलाउन सकिन्छ’ उनले भने ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...