ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा
लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने...
रिभोल्ट मोटर्सका सबै इलेक्ट्रिक बाइकलाई राइडरको स्मार्टफोनबाटै भर्चुअल की प्रयोग गरी स्टार्ट गर्न सकिने भएको छ । स्मार्टफोनको माईरिभोल्ट एपको प्रयोग गरी यसलाई स्विच अफ र अन गर्न सकिने छ ।
रिभोल्टको यो फिचर आगामी सेप्टेम्बर देखि रिभोल्ट इलेक्ट्रिक मोटरसाइकलका लागि उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध आरभी ४०० मा अब सिस्टम अपग्रेड गरेर यो फिचर प्रयोग गर्न सकिने छ भने अब आउने नयाँ मोटरसाइकल सबैमा यो फिचर उपलब्ध हुनेछ ।
रिभोल्ट इलेक्ट्रिक मोटरसाइकलमा आर्टिफिसियल इन्टेलिजेन्स र एड्भान्स्ड क्लाउडमा आधारित सफ्टवेयर हुने र यसैका कारण नयाँ फिचर प्रयोग गर्न सकिने बताइएको छ । कम्पनीले भारतमा यस्तो प्रविधि पहिलो पटक उपलब्ध गराउन लागेको समेत कम्पनीले दाबी गरेको छ ।
उक्त बाइकलाई स्टार्ट गर्नका लागि एप खोलेर पावर बटन बायाँबाट दायाँ स्लाइड गरे पुग्ने बताइएको छ । यसका लागि चाबीको आवश्यकता नै नपर्ने भएको छ ।
भारतमा पछिल्लो समयमा रिभोल्टको इलेक्ट्रिक मोटरसाइकलले निकै नै चर्चा पाइरहेको छ । यो अवस्थामा यस्तो नयाँ फिचरले झन् धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।
लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने...
टोयोटाले निकट भविषयमा सार्वजनिक गर्ने तयारी गरिरहेको इलेक्ट्रिक एमपिभी...
विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...