जनकपुरमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

जनकपुर – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) सँगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नया बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए ।

प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

विगत ६ वर्षदेखि डिलरको रुपमा जनकपुर र जलेश्वर क्षेत्रमा विक्री वितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरुको पहिलो रोजाइमा रहेको बताएका छन् । कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश कुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एन्ड सुमित अटोलाई ‘बेस्ट सेल्स अवार्ड’ प्रदान गरेको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

आजदेखी काठमाडौंका यी स्थानमा पेट्रोनास लुब्रिकेन्ट्सको निशुल्क सर्भिस क्याम्प

आजदेखी काठमाडौंका यी स्थानमा पेट्रोनास लुब्रिकेन्ट्सको निशुल्क सर्भिस क्याम्प

पेट्रोनास लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बितरक त्रिथुंगा ट्रेडिङ...

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलरकै अथक प्रयासबाट सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको भनाइ

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलरकै अथक प्रयासबाट सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको भनाइ

नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...