बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै
विश्वकै अग्रणी इभी निर्माता बीवाइडीले नेपाली बजारलाई प्राथमिकतामा राख्न...
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक लन्च गर्ने तयारीमा लागेको छ । कम्पनीले सो कार लन्चिङ भन्दा पहिला कारको पहिलो झलक देखाएको छ । रेनोले सो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी कार मेगेन ई–टेकको कन्सेप्ट गत वर्षको अन्तमा सार्वजनिक गरेको थियो ।
रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक कार डिजिटल इभेन्ट मार्फत प्रदर्शित गरेको छ । सोही आयोजनामा कम्पनीले सो कार अर्काे वर्षको सुरुवातमा लन्च गर्ने तयारीमा रहेको जानकारी दिएको छ । सो कम्पनीले सन् २०२५ सम्ममा २४ नयाँ मोडल लन्च गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले जारी गरेको पहिलो टिजर फोटोमा मोडलको नाम र टेललाइटको झलक देखाइएको छ । कारको रियरमा कारको नामको साथै गोल्डेन ई समावेश गरिएको छ । यसको सेन्टरमा रेनोको नयाँ लोगो पनि समावेश गरिएको छ । यसको साथै कारको चारै तिर एलईडी लाइटको स्ट्रिप समावेश गरिएको छ । जसले कारलाई निकै आकर्षक बनाएको छ ।
सो एसयूभीमा जडान गरिएको इलेक्ट्रिक मोटरले २१७ एचपकिो पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो कारलाई ० देखि १०० किलोमिटरको स्पिड लिनको लागि ८ सेकेन्डको समय लाग्ने दावी गरेको छ । यसमा ६० केडब्ल्युएचको ब्याट्री प्याक समावेश गरिएको छ । कम्पनीका अनुसार सो ब्याट्रीले फुल चार्ज भइसकेपछि ४५० किलोमिटरको दुरी तय गर्छ ।
सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट र सेन्ट्रल कन्सोल एल आकारको रहेको छ । मेगेन ई–टेक रेनोमा गुगल सर्भिसमा आधारित नयाँ इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । सो कार सीएमएफ–ईभी प्लेटफर्ममा तयार पारिएका पहिलो कार हो । सो प्लेटफर्ममा निसान आरिया पनि निर्माण गरिएको थियो । सो नयाँ कार फक्सवागन आईडी ४ सँग प्रतिस्पर्धाको लागि निर्माण गर्न लागेको अनुमान गरिएको छ ।
विश्वकै अग्रणी इभी निर्माता बीवाइडीले नेपाली बजारलाई प्राथमिकतामा राख्न...
भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम...
काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...