आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको लागि आयोजना गरिने नेपाल राइडर्स मिट आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा हुने भएको छ । यो भन्दा पहिले फेब्रुअरी ११ देखि १३ सम्म उक्त राइडर्स मिट गर्ने तयारी भए पनि ओमिक्रोन भाइरसका कारण सम्भव भएको थिएन ।

फ्रेन्ड्स अफ रोयल इन्फिल्ड अर्थात फोरे नेपालको आयोजनामा आगामी सो राइडर्स मिटको सिजन ४ आयोजना हुने भएको हो । गत वर्ष कोभिड–१९ का कारण हुन नसके पनि यो वर्षका लागि तयारी थालिएको फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर डायमन्डले बताए ।

यसका लागि रजिष्ट्रेसन समेत खुला गरिएको छ । नेपाली राइडरका लागि ९ हजार ६ सय रुपैयाँ, भारतीय राइडरका लागि ६ हजार ५ सय भारु र अन्य विदेशी राइडरका लागि १ सय डलर रजिष्ट्रेसन शुल्क तोकिएको छ । फोरे नेपालको वेबसाइटमार्फत यसको रजिष्ट्रेसन गर्न सकिन्छ ।

मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् । फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् ।

फोरे नेपाल अन्तर्गत हेटौंडाको स्थानीय रोयल इन्फिल्ड क्लब ‘हेटौंडा इन्फिल्डर्स मकवानपुर’ को आयोजनामा सो इभेन्ट हुनेछ । मकवानपुरको सान्नानीटारमा हुने सो कार्यक्रमका संयोजक तथा हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष दिपेन्द्र चन्द ठकुरीका अनुसार राइडर्स मिटमा नेपालभर रहेका विभिन्न क्लबका राइडर मात्र नभई भारत, भुटान, अमेरिका, स्विट्जरल्यान्ड र अष्ट्रेलियाका राइडर समेत सहभागी हुने छन् । यसमा ३ सय ५० भन्दा बढी राइडर सहभागी हुने उनले बताए ।

राइडर्स मिटको अवसरमा लाइभ ब्यान्ड, स्लो र डर्ट बाइक रेस, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने छ । २ रात र ३ दिनको कार्यक्रमका लागि जंगलको बीचमै टेन्ट गाडेर सबै मनोरञ्जनको व्यवस्था गरिने छ । राइडरहरुलाई नयाँपनको अनुभव दिनका लागि पनि यस प्रकारको राइडर्स मिट आयोजना गरिने प्रचलन रहेको डायमन्डले बताए ।

आगामी मार्च १२ देखि भारतको हैदरावादमा हुने १९औं राइडर मेनियामा समेत हेटौंडामा हुने सो राइडर्स मिटको प्रवद्र्धन गर्ने कार्यक्रम छ । यसका लागि नेपालबाट १८ जना राइडरहरु मार्च ६ मा हैदरावाद सम्म बाइक राइड गर्दै पुग्ने र कार्यक्रममा सहभागी हुने तयारी भएको समेत सरकारले बताए ।

सम्बन्धित समाचारहरू

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

रोयल इन्फिल्डले आफ्नो बाइकहरु अपडेट गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले...

यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड

यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड

प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...

-याली अफ हिमालयाजको चौथो संस्करणमा दीपक साहले  हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्दै

-याली अफ हिमालयाजको चौथो संस्करणमा दीपक साहले हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं – प्रसिद्ध राइडर दीपक साहले आगामी दिनमा भारतमा आयोजना हुने -याली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...