रेडबुल डीटी टाइम एट्याक आयोजना हुने, हिरो एक्सपल्स २०० र जुमाव २५० कुदाइने

काठमाडौं – आगामी अप्रिल २५ अर्थात बैशाख १२ गते धुलिखेलस्थित डर्ट टेम्पल रेसिङ ट्रयाकमा भव्य रेसिङ प्रतियोगिता हुने भएको छ ।

रेडबुल मुख्य प्रायोजक रहेको सो प्रतियोगिताको नाम ‘रेडबुल डीटी टाइम एट्याक’ राखिएको छ । टाइम, डिस्टेन्स र सेफ्टीलाई मुख्य थिम मानेर गरिने सो प्रतियोगिताको आयोजक धुलिखेलस्थित डर्ट टेम्पल रहेको छ ।

सो प्रतियोगितामा हिरो एक्सपल्स २०० र जुमाव २५० बाइक कुदाइने छ । दुई क्याटागोरीमा हुने सो प्रतियोगितामा यी दुई मोडलका बाइक राइडरको सहभागिता हुनेछ । राइडरहरुले यही ब्रान्डका बाइक प्रयोग गर्नेछन् ।

सो प्रतियोगिताका लागि डर्ट टेम्पलले रजिष्ट्रेसन समेत खुला गरिसकेको छ । यसका लागि स्क्यान गर्न सकिन्छ । त्यसैगरी यो लिंक पनि प्रयोग गर्न सकिन्छ । आफ्नो बाइक नभएका राइडरलाई समेत बाइक उपलब्ध गराइने आयोजकको भनाइ छ ।

बाइक रेसिङलाई सबैको पहुँचमा पु-याउने र सबैले यस प्रकारका प्रतियोगितामा भाग लिन सहज बनाउने उद्देश्यले बाइक राइडरहरुलाई प्रोत्साहन गर्ने कार्यमा डर्ट टेम्पल क्रियाशील रहेको आयोजकको भनाइ छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा स्वीकृत प्राप्त डर्ट टेम्पलको आयोजनामा हुने सो प्रतियोगितालाई मोटरसाइकलको अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को समेत समर्थन रहेको छ ।

डर्ट टेम्पलले आगामी एक वर्ष भित्र यस्ता विभिन्न १० प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । यस अनुसार नै पहिलो इभेन्टको रुपमा रेडबुल डीटी टाइम एट्याक आयोजना हुन लागेको हो ।

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकांक्षालाई उचाइँ दिने मञ्च प्रदान गर्दछ । राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित, डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्टस र रेसिङ कल्चरलाई बढावा दिने लक्ष्य राखेको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उदेश्य रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त...

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सद्वारा ट्रफी टुर, स्कुटर र्‍याली र जर्सी अनावरण

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सद्वारा ट्रफी टुर, स्कुटर र्‍याली र जर्सी अनावरण

काठमाडौं – काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रे जेडआर १२५ एफआई...

यस्तो छ लोकप्रिय युट्युबर ध्रुव राठीको कार कलेक्सन

यस्तो छ लोकप्रिय युट्युबर ध्रुव राठीको कार कलेक्सन

ध्रुव राठी एक लोकप्रिय युट्युबर हुन्। उनी आफ्नो भिडियोका कारण इन्टरनेटमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...