हुन्डाई क्रेटा बन्यो सन् २०२१ मा भारतको सबैभन्दा बढी निर्यातकर्ता
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतको पहिलो स्मार्ट मोबिलिटी सोलुसन...
कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा उछाल आएको छ । कोरोना कहरको कारणले गर्दा सामाजिक दुरी कायम गर्नको लागि वा व्यक्तिगत इच्छापूर्तिको लागि कारको मागमा बढोत्तरी भएको अटोमोबाइल कम्पनीहरुले बताएका छन् ।
जुलाई महिनामा भारतीय बजारमा कारको बिक्रीमा राम्रै रेकर्ड कायम भएको छ । कुन कम्पनीका कार कुन संख्यामा बिक्री भए भन्ने सामान्य झलक प्रस्तुत गरिएको छ ।
मारुती सुजुकी
मारुती सुजुकीको कार बिक्री जुलाईमा ५० प्रतिशतले बढेर १ लाख ६२ हजार ४६२ युनिट पुगेको छ । गत वर्ष कम्पनीले यही महिनामा १ लाख ८ हजार ६४ युनिट बिक्री गरेको थियो ।
घरेलु बजारमा कम्पनीको बिक्री ३९ प्रतिशतले बढेर १ लाख ४१ हजार २३८ युनिट पुगेको छ । कम्पनीको मिनी कार अल्टो तथा वागन आरको बिक्री १९ हजार ६८५ युनिट रहयो । गत वर्ष सो कार १७ हजार २५८ युनिट बिक्री भएको थियो ।
किया
किया इन्डियाको बिक्री जुलाईमा ७६ प्रतिशत बढेर १५ हजार १५ युनिट पार गरेको छ । यो अवधिमा कम्पनीले ८५४९ युनिट सेल्टोस, ५९६३ युनिट सोनेट र ५०३ युनिट कार्निभल बिक्री गरेको छ ।
हुन्डाई
त्यस्तै हुन्डाई इन्डिया लिमिटेडको बिक्री जुलाई महिनामा ४६ प्रतिशत बढेर ६० हजार २४९ युनिट पुगेको छ । गत वर्ष यही महिनामा कम्पनीले ४१ हजार ३०० युनिट बिक्री गरेको थियो । कम्पनीले आफ्नो बयानमा घरेलु बजारमा कारको बिक्री २६ प्रतिशत बढेर ४८ हजार ४२ युनिट पुगेको प्रस्ट पारेको छ । कम्पनीले सो महिनामा १२ हजार २०७ युनिट निर्यात गरेको थियो ।
एमजी मोटर
एमजी मोटर इन्डियाले जुलाईमा गत वर्ष भन्दा दुई गुणा अर्थात् ४ हजार २२५ युनिट कार बिक्री गरेको जानकारी दिएको छ ।
स्कोडा
स्कोडा अटोले जुलाई महिनामा आफ्नो बिक्री तीन गुणाले बढाएर ३ हजार ८० युनिट पु-याएको छ । गत वर्ष यो महिनामा स्कोडाले ९२२ कार मात्र बिक्री गरेको थियो । यसका आधारमा स्कोडाले २३४ प्रतिशत बिक्रीमा बढोत्तरी गरेको छ । कम्पनीले हालै लन्च गरेको स्कोडा कुशाक एसयूभीले यो बिक्री रेकर्ड कायम गर्न सहयोग गरेको र आगामी दिनमा अझै बढ्ने कम्पनीको भनाइ छ ।
बजाज
बजाजले जुलाई २०२१ मा ४४ प्रतिशत वृद्धि सहित कुल ३ लाख ६९ हजार ११६ युनिट मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले वर्षमा लगभग २ लाख ५५ हजार ८३२ युनिट मोटरसाइकल बिक्री गर्ने गरेको छ ।
टाटा मोटर्स
टाटा मोटर्सले पनि जुलाई २०२१ मा घरेलु बजारमा गत वर्षको तुलनामा ९२ प्रतिशत बिक्री बढाएर ५१ हजार ९८१ युनिट पु¥याएको छ । कम्पनीले जुलाई २०२० मा २७ हजार २४ युनिट बिक्री गरेको थियो । कम्पनीले कमर्सियल सवारी साधन २१ हजार ७९६ युनिट बिक्री गरेको छ । जुलाई २०२० मा सो कार १२ हजार १२ युनिट बिक्री भएको थियो ।
महिन्द्रा एन्ड महिन्द्रा
महिन्द्रा एन्ड महिन्द्राको कारको बिक्री जुलाई २०२१ मा दुई गुणा बढेर २१ हजार ४६ युनिट पुगेको छ । गत वर्ष कम्पनीले कुल ११ हजार २५ युनिट बिक्री गरेको थियो ।
अशोक लेल्यान्ड
अशोक लेल्यान्डले पनि जुलाई २०२१ मा ८१ प्रतिशत बिक्री बढाएको छ । कम्पनीले कुल ८ हजार ६५० युनिट कार बिक्री आँकडा पार गरेको छ । गत वर्ष कम्पनीले सोही महिनामा ४ हजार ७७६ युनिट बिक्री गरेको थियो ।
टीभीएस
टीभीएस मोटर कम्पनीले पनि जुलाई २०२१ मा कुल बिक्री १० प्रतिशत बढाएर २ लाख ७८ हजार ८५५ पु¥याएको छ ।
टोयोटा
टोयोटा कम्पनीले जुलाईमा १३ हजार १०५ युनिट कार भारतीय बजारमा बिक्री गरेको छ । जबकि जुलाई २०२० मा ५ हजार ३८६ युनिट बिक्री गरेको थियो । जुलाई २०२० को तुलनामा जुलाई २०२१ मा कम्पनीले बिक्री १४३ प्रतिशत बढोत्तरी दर्ज गरेको छ ।
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतको पहिलो स्मार्ट मोबिलिटी सोलुसन...
कोरियन अटो निर्माता कियाले भारतमा कार उत्पादन थालेको ५ वर्ष पुरा हुँदै छ ।...
काठमाडौं – नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...