यस्ता छन् भारतमा लन्च हुने तयारीमा रहेको रेकर्ड ब्रेकिङ ओला इलेक्ट्रिक स्कुटका १० विशेषता

भारतमा राइड सेयरिङ कम्पनी ओलाले बजारमा उपलब्ध गराउने ओला इलेक्ट्रिक स्कुटरको हाल निकै नै चर्चा छ । यो चाँडै लन्च गरिने भएको छ । कम्पनीले वेबसाइटको माध्यमबाट सो इलेक्ट्रिक टु ह्वीलरको प्रि–बुकिङ पनि सुरु गरिसकेको छ ।

सो स्कुटरको बुकिङ सुरु भएको २४ घन्टामा नै १ लाख भन्दा बढी बुकिङ भएर नयाँ रेकर्ड कायम भएको थियो ।

लन्चिङ भन्दा पहिला सो इलेक्ट्रिक स्कुटरको १० विशेषताको बारेमा जानकारी राख्नु राम्रो हुन्छ ।

१. ओला इलेक्ट्रिक स्कुटर ३ भेरिएन्टमा उपलब्ध हुने सम्भावना छ । सो स्कुटरलाई सिरिज एस भन्ने सम्भावना रहेको छ । कम्पनीले अन्य दुई नाम एस१ र एस१ प्रो पनि पेटेन्ट गरेको छ ।

२. तमिलनाडुमा बनेको ओला फ्युचर फ्याक्ट्री ई–स्कुटरको लागि विश्वको सबैभन्दा ठूलो कारखाना हुनेछ । सोही कारखानामा ओला इलेक्ट्रिकको अपकमिङ इलेक्ट्रिक स्कुटरको उत्पादन हुनेछ । ओला सो प्लान्टमा २४०० करोड भारुको लागतमा ५०० एकड जमीनमा निर्माण हुनेछ । सो कारखानामा ओला इलेक्ट्रिक स्कुकर वार्षिक २ लाख युनिट निर्माण गरिने छ ।

३. ओला इलेक्ट्रिक स्कुटर अर्टिगो एपस्कुटरमा आधारित हुने सम्भावना रहेको छ । सो स्कुटरमा एक स्वेपेबल हाई इनर्जी डेन्सिटी ब्याट्री समावेश गरिने छ । यद्यपि मिडिया रिपोर्ट अनुसार ओला इलेक्ट्रिक स्कुटरमा फिक्स्ड व्याट्री समावेश गर्ने सम्भावना बढी छ । यसले एक पटकको फुल चार्जमा २४० किलोमिटरको रेन्ज प्रदान गर्छ । यद्यपि व्यवहारिक रुपमा भने सिंगल चार्जमा सो स्कुटरको १५० किलोमिटर रेन्ज प्रदान गर्ने क्षमता रहेको छ ।

४. सो स्कुटर डेलिभरीको लागि विभिन्न सहरमा स्टोरेज हब निर्माण गरिने छ । रिपोर्टका अनुसार ओला इलेक्ट्रिकले यसको लािग लजिस्टिक डिपार्टमेन्ट पनि निर्माण गरेको छ । सो विभागले स्कुटर डेलिभरीको लागि काम गर्नेछ ।

५. ओला इलेक्ट्रिक स्कुटरमा ३ केडब्ल्यु र ६ केडब्ल्यु बीचको इलेक्ट्रिक मोटर समावेश गर्ने सम्भावना रहेको छ । जसले लगभग ५० एनएमको टर्क जेनेरेट गर्छ । सो इलेक्ट्रिक स्कुटरको टप स्पिड ९० किलोमिटर प्रति घन्टा रहेको छ । यसमा जडान गरिएको ब्याट्री १८ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै फुल चार्ज गर्नको लागि २ घन्टा ३० मिनेटको समय लाग्छ । घरमा भएको सामान्य प्लगमा चार्ज गर्दा साढे ५ घण्टा जति समय लाग्ने छ ।

६. सो स्कुटर घरमा चार्ज गर्नको लागि होम चार्जर युनिट पनि दिने सम्भावना रहेको छ । होम चार्जरबाट सो इलेक्ट्रिक स्कुटर फुल चार्ज हुनको लागि ५ घन्टा ३० मिनेटको समय लाग्ने छ । ओला इलेक्ट्रिकले एउटा एप पनि प्रदान गर्नेछ जसले चार्जिङको स्थिति निगरानी गर्न सकिन्छ । यसको लागि स्कुटरमा स्मार्टफोन कनेक्टिभिटीको फिचर समावेश गरिनेछ ।

७. ओला इलेक्ट्रिक स्कुटरमा इन क्लास बुट स्पेस, एप आधारित किलेस एक्सेस, डुअल प्रोजेक्टर हेडल्याम्प, लगेज लानको लागि हुक, स्प्लिट टाइप रियर ग्रयाब ह्यान्डल, सिंगल पीस सिट, एक्सटर्नल चार्जिङ पोर्ट, एलईडी डीआरएल र टेललाइट जस्ता फिचर समावेश गरिने सम्भावना रहेको छ । यसको साथै कालो रङको फ्लोर मेट र फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गर्ने सम्भावना रहेको छ ।

८. ओला स्कुटर ९ कलर अप्सनमा उपलब्ध हुनेछ । जसमा रातो, निलो, पहेलो, सिल्भर, गोल्ड, गुलाबी, पिङ्क, कालो, ग्रे र सेतो रङ समावेश रहेको छ ।

९. ओला इलेक्ट्रिकले भारतमा हाइपरचार्जर नेटवर्क स्थापित गर्नेछ जस अन्तर्गत ४०० सहरमा १ लाख चार्जिङ प्वाइन्ट हुनेछ । पहिलो वर्ष भारतको १०० सहरमा ५ हजार भन्दा बढी चार्जिङ प्वाइन्ट जडान गरिनेछ ।

१०. ओलाको ई–स्कुटरको एक्स शोरुम मूल्य १ लाख २ हजार भारु देखि १ लाख ४ हजार भारु हुने सम्भावना रहेको छ । लन्चिङ पछि सो स्कुटरले भारतीय बजारमा अथर ४५०एक्स र टीभीएस आईक्युब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...

ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बन्यो बीवाईडी डल्फिन

ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बन्यो बीवाईडी डल्फिन

बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको...

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...