गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

काठमाडौं – कोरोना महामारीको समयमा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ९७ अर्ब ३७ करोड रुपैयाँको सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा दुईपांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको छ । गत आर्थिक वर्षमा नेपालमा २५० सीसीसम्मका बाइक तथा स्कुटर मात्रै ३ लाख ४५ हजार संख्यामा भित्रिएका छन् । त्यसैगरी २५० देखि ४०० सीसीसम्मका ८ हजार ४३९ वटा बाइक आयात भएका छन् ।

यो अवधिमा विद्युतीय मोटरसाइकल तथा स्कुटर भने २ हजार ३३३ वटा र साइकल ५ लाख ७३ वटा आयात भएका छन् ।

एक वर्षमा हजार सीसीभन्दा कम क्षमताका गाडी २ हजार ४९० वटा आयात भएका छन् । एक हजारदेखि १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका कार, जिप, भ्यान ९ हजार ६९४ वटा र १५ सयदेखि २ हजारसम्मका ३७६ वटा आयात भएका छन्।

त्यस्तै डिजेल इन्जिनमा १५ सय सीसीसम्मका १ हजार १८४ वटा कार, जिप, भ्यान आयात भएका छन्। १५ सयदेखि २५ सयसम्मका ६८० सवारीसाधन भित्रिएको भन्सार विभागले उल्लेख गरेको छ।

गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा भने गिरावट आएको छ। विद्युतीय गाडीमा १०० किलोवाटसम्मका बढी नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षमा २४९ विद्युतीय सवारी साधन आयात भएका छन् । ती मध्ये १०० किलोवाट सम्म क्षमता भएका १२० गाडी आयात भएका छन् ।

सरकारले विद्युतीय गाडीमा भन्सारसँगै अन्तःशुल्क समेत थप गरेपछि विद्युतीय गाडीको आयात घटेको थियो। जेठमा आर्थिक अध्यादेशमार्फत विद्युतीय गाडीको अन्तःशुल्क खारेज र भन्सार महशुल घटाएसँगै विद्युतीय गाडीको आयात बढ्नथालेको छ।

गत आर्थिक वर्षमा २६ सिटमाथिका २०५ वटा र १५ देखि २५ सिट सम्मका १२० वटा मिनिबस आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

सामान ढुवानीसँगै २ जनाभन्दा बढी बोक्नसक्ने पिकअप गाडी २५ सय ५० वटा र २ जना सिट क्षमताको पिकअप गाडी ५ हजार ११८ वटा आयात भएका छन्।

यसअघि सर्वाधिक आयात आर्थिक वर्ष २०७५/०७६ मा भएको थियो। उक्त आवमा ९१ अर्ब ३१ करोड ५३ लाखको सवारीसाधन र तिनका पार्टपुर्जा आयात भएको विभागले जनाएको छ।

आर्थिक वर्ष ०७६/०७७ मा कोभिड महामारीका कारण सवारीसाधनको आयातसँगै व्यापार पनि घटेको थियो। २०७६ चैतदेखि ०७७ असारसम्म लकडाउनको कारण आयात प्रभावित भएको थियो । उक्त वर्ष ६५ अर्ब २ करोडको मात्रै आयात भएको छ। तर लकडाउन खुलेसँगै सवारीसाधनको व्यापार बढ्दा गत आर्थिक वर्षमा आयातले इतिहास रचेको हो।

गत वर्ष निजी सवारी साधन र त्यसमा पनि विशेष गरी दुई पांग्रे सवारी साधनको बिक्री बढेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञा एक साता थप : तोकियो विभिन्न निकायका गाडी चल्ने समय, पास खारेज

निषेधाज्ञा एक साता थप : तोकियो विभिन्न निकायका गाडी चल्ने समय, पास खारेज

काठमाडौं – उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।...

हेटौँडाका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू

हेटौँडाका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू

वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई...

सोमबारबाट जोरबिजोर प्रणाली हटाइने

सोमबारबाट जोरबिजोर प्रणाली हटाइने

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...