क्रसफायर र इटालिका मोटरसाइकल बिग्रिएमा उपाय सिटी कार्गोले आपतकालीन सेवा प्रदान गर्ने
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ । विभिन्न पेसा, व्यवसाय, क्षेत्रमा सफल हुन अधिकतम प्रयास पनि गर्छौं । विद्यार्थीले शिक्षामा सफल हुन मिहिनेत गर्छ, व्यवसायीले उद्यममा सफल हुन कठोर परिश्रम गर्छ । तर, जब साँच्चिकै सफलता हात लाग्छ, त्यसको स्वाद संसारका महँगा र मीठा लाग्ने चिजबिजभन्दा पनि मीठो लाग्छ ।
जित्नेहरूको इतिहास लेखिएझैँ सफल हुनेको कथा लेखिन्छ, पढिन्छ । सफलता कुनै सजिलो रूखमा फलेको फल होइन, जो हरकोहीले टिप्न सकोस् । सफलता प्राप्त गर्न साह्रै सजिलो पनि छैन, न असम्भव नै छ । यस्तै सफलताको कथा लेख्ने व्यक्ति हुन्, सिद्धार्थ लाल ।
सडकमा अरूभन्दा छुट्टै आवाज निकालेर सानका साथ कुद्ने बाइक हो, रोयल इन्फिल्ड अर्थात् बुलेट बाइक । यसलाई दुईप्रांगे सवारीसाधनको ‘किङ’ पनि मानिन्छ । कुनैवेला रोयल इन्फिल्ड सडकबाट लोप हुने अवस्थामा थियो । तर, हिजोआज युवाहरूको पहिलो रोजाइमा त्यही बुलेट बाइक पर्न थालेको छ ।
रोयल इन्फिल्डलाई सफल बनाउने व्यक्ति सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिद्धार्थ लाल हुन् । गति, स्टाइल, लुक्स र लक्जरीको महसुस गराउने त्यही बाइक कम्पनी रोयल इन्फिल्डको नेटवर्थ करिब पाँच खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
सन् २००० मा सिद्धार्थले रोयल इन्फिल्ड कम्पनीको सिइओको जिम्मेवारी पाए । यो जिम्मेवारी यस्तो समयमा भयो, जब अन्य कम्पनीका अधिक माइलेजवाला दुईपांग्रे सवारीसाधन बजारमा निकै अगाडि थिए । महँगो बुलेट बाइकको सट्टा प्रयोगकर्ताको पैसा पनि बचत भइरहेको थियो । सन् २००६ मा सिद्धार्थ आयसर मोटर्सको पनि सिइओ एवं म्यानेजिङ डाइरेक्टर बने । त्यसपछि उनको ध्यान लोपोन्मुख बनिसकेको रोयल इन्फिल्ड पुनः सडकमा हुइँक्याउनेतिर केन्द्रित भयो ।
यो सपनालाई साकार पार्न उनले परिवारका १५ विभिन्न व्यवसायमध्ये १३ वटा व्यवसाय बन्द गरिदिए र आफ्नो सम्पूर्ण ध्यान र शक्ति रोयल इन्फिल्ड ब्रान्डमा लगाए ।
बन्द गर्ने तयारी थियो, तर...
सन् २००० मा कम्पनीका अध्यक्ष विक्रम लालले व्यवस्थापन समूहसँग रोयल इन्फिल्डको उत्पादन बन्द गर्ने जानकारी दिएका थिए । तर, सिद्धार्थलाई यो कुरा चित्त बुझेन । दुःखी भए र कारोबारलाई दोस्रोपटक बजारमा ल्याउन केही समय मागे । एक महिनासम्म त उनले बुलेट बाइक मात्रै चलाए । त्यसको खुबी र कमाजोरी पत्ता लगाए । अनि त के ? युवालाई केन्द्रमा राखेर बाइक सुधार गरे । त्यसको दुई वर्षभित्र बुलेट बाइक नयाँ स्वरूपका साथ सोरुमहरूमा देखिन थाल्यो । झन्डै उत्पादन नै बन्द भइसकेको बुलेटको बिक्री जोडतोडले भयो । सन् २०१४ मा आयसर मोटर्स लिमिटेड ग्रुपको कुल कमाइमा रोयल इन्फिल्डको हिस्सा ८० प्रतिशत पुग्यो । यो साँच्चिकै अपत्यारिलो खबर थियो ।
बाइकका लागि ट्र्याक्टरको बिजनेस बेचिदिए सिद्धार्थले रोयल इन्फिल्डलाई पुनर्जीवन दिन आयसर मोटर्सको ट्र्याक्टर बिजनेस बेचे । सन् २००५ मा आयसरले ट्र्याक्टर्स एन्ड फर्म इक्विपमेन्ट लिमिटेड बेच्यो । आयसरको प्रमुख बिजनेस भनेको ट्र्याक्टर नै थियो । त्यति मात्रै होइन, सन् २००८ मा सिद्धार्थले ट्रक बिजनेसको ४६ प्रतिशत हिस्सा स्विडेनको कम्पनी भोल्भोलाई बेचे । यो निर्णय साँच्चिकै कठिन थियो । तर, यसकै जगमा इन्फिल्डले आफ्नो मूल्य कम राख्यो ।
सन् २०२२ मा आठ लाख बाइक बिक्री
सामान्य बाइकको तुलनामा केही महँगो भए पनि बजारमा बुलेट बाइकको माग निरन्तर वृद्धि भएको छ । गत वर्ष मात्रै उसले आठ लाख ३४ हजारभन्दा बढी बाइक बेच्यो । कम्पनीका अनुसार यो अहिलेसम्मकै सर्वाधिक बिक्री हो । यो बिक्रीबाट कम्पनीले साढे ११ अर्ब रुपैयाँभन्दा बढी शुद्ध मुनाफा आर्जन गरेको छ । बजारमा दिनप्रतिदिन माग बढ्दा पनि कम्पनीले बाइकको मूल्य बढाएको छैन । बुलेट–३५० र क्लासिक–३५० बाहेक दुई सिलिन्डर इन्जिनसहितको बाइकको माग भारतलगायत अन्य देशमा छ ।
नयाँ पत्रिकाबाट साभार
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
काठमाडौं – पोकर रन यस पटक फेरि हुने भएको छ । आगामी अप्रिल १३ अर्थात चैत ३०...
रोयल इन्फिल्डले आगामी दिनमा बजारमा ल्याउने तयारी गरिरहेको बाइक हिमालयन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...