जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा सहित रोयल इनफिल्डको महा राइड सम्पन्न
जनकपुर – रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा, हालै...
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ । विभिन्न पेसा, व्यवसाय, क्षेत्रमा सफल हुन अधिकतम प्रयास पनि गर्छौं । विद्यार्थीले शिक्षामा सफल हुन मिहिनेत गर्छ, व्यवसायीले उद्यममा सफल हुन कठोर परिश्रम गर्छ । तर, जब साँच्चिकै सफलता हात लाग्छ, त्यसको स्वाद संसारका महँगा र मीठा लाग्ने चिजबिजभन्दा पनि मीठो लाग्छ ।
जित्नेहरूको इतिहास लेखिएझैँ सफल हुनेको कथा लेखिन्छ, पढिन्छ । सफलता कुनै सजिलो रूखमा फलेको फल होइन, जो हरकोहीले टिप्न सकोस् । सफलता प्राप्त गर्न साह्रै सजिलो पनि छैन, न असम्भव नै छ । यस्तै सफलताको कथा लेख्ने व्यक्ति हुन्, सिद्धार्थ लाल ।
सडकमा अरूभन्दा छुट्टै आवाज निकालेर सानका साथ कुद्ने बाइक हो, रोयल इन्फिल्ड अर्थात् बुलेट बाइक । यसलाई दुईप्रांगे सवारीसाधनको ‘किङ’ पनि मानिन्छ । कुनैवेला रोयल इन्फिल्ड सडकबाट लोप हुने अवस्थामा थियो । तर, हिजोआज युवाहरूको पहिलो रोजाइमा त्यही बुलेट बाइक पर्न थालेको छ ।
रोयल इन्फिल्डलाई सफल बनाउने व्यक्ति सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिद्धार्थ लाल हुन् । गति, स्टाइल, लुक्स र लक्जरीको महसुस गराउने त्यही बाइक कम्पनी रोयल इन्फिल्डको नेटवर्थ करिब पाँच खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
सन् २००० मा सिद्धार्थले रोयल इन्फिल्ड कम्पनीको सिइओको जिम्मेवारी पाए । यो जिम्मेवारी यस्तो समयमा भयो, जब अन्य कम्पनीका अधिक माइलेजवाला दुईपांग्रे सवारीसाधन बजारमा निकै अगाडि थिए । महँगो बुलेट बाइकको सट्टा प्रयोगकर्ताको पैसा पनि बचत भइरहेको थियो । सन् २००६ मा सिद्धार्थ आयसर मोटर्सको पनि सिइओ एवं म्यानेजिङ डाइरेक्टर बने । त्यसपछि उनको ध्यान लोपोन्मुख बनिसकेको रोयल इन्फिल्ड पुनः सडकमा हुइँक्याउनेतिर केन्द्रित भयो ।
यो सपनालाई साकार पार्न उनले परिवारका १५ विभिन्न व्यवसायमध्ये १३ वटा व्यवसाय बन्द गरिदिए र आफ्नो सम्पूर्ण ध्यान र शक्ति रोयल इन्फिल्ड ब्रान्डमा लगाए ।
बन्द गर्ने तयारी थियो, तर...
सन् २००० मा कम्पनीका अध्यक्ष विक्रम लालले व्यवस्थापन समूहसँग रोयल इन्फिल्डको उत्पादन बन्द गर्ने जानकारी दिएका थिए । तर, सिद्धार्थलाई यो कुरा चित्त बुझेन । दुःखी भए र कारोबारलाई दोस्रोपटक बजारमा ल्याउन केही समय मागे । एक महिनासम्म त उनले बुलेट बाइक मात्रै चलाए । त्यसको खुबी र कमाजोरी पत्ता लगाए । अनि त के ? युवालाई केन्द्रमा राखेर बाइक सुधार गरे । त्यसको दुई वर्षभित्र बुलेट बाइक नयाँ स्वरूपका साथ सोरुमहरूमा देखिन थाल्यो । झन्डै उत्पादन नै बन्द भइसकेको बुलेटको बिक्री जोडतोडले भयो । सन् २०१४ मा आयसर मोटर्स लिमिटेड ग्रुपको कुल कमाइमा रोयल इन्फिल्डको हिस्सा ८० प्रतिशत पुग्यो । यो साँच्चिकै अपत्यारिलो खबर थियो ।
बाइकका लागि ट्र्याक्टरको बिजनेस बेचिदिए सिद्धार्थले रोयल इन्फिल्डलाई पुनर्जीवन दिन आयसर मोटर्सको ट्र्याक्टर बिजनेस बेचे । सन् २००५ मा आयसरले ट्र्याक्टर्स एन्ड फर्म इक्विपमेन्ट लिमिटेड बेच्यो । आयसरको प्रमुख बिजनेस भनेको ट्र्याक्टर नै थियो । त्यति मात्रै होइन, सन् २००८ मा सिद्धार्थले ट्रक बिजनेसको ४६ प्रतिशत हिस्सा स्विडेनको कम्पनी भोल्भोलाई बेचे । यो निर्णय साँच्चिकै कठिन थियो । तर, यसकै जगमा इन्फिल्डले आफ्नो मूल्य कम राख्यो ।
सन् २०२२ मा आठ लाख बाइक बिक्री
सामान्य बाइकको तुलनामा केही महँगो भए पनि बजारमा बुलेट बाइकको माग निरन्तर वृद्धि भएको छ । गत वर्ष मात्रै उसले आठ लाख ३४ हजारभन्दा बढी बाइक बेच्यो । कम्पनीका अनुसार यो अहिलेसम्मकै सर्वाधिक बिक्री हो । यो बिक्रीबाट कम्पनीले साढे ११ अर्ब रुपैयाँभन्दा बढी शुद्ध मुनाफा आर्जन गरेको छ । बजारमा दिनप्रतिदिन माग बढ्दा पनि कम्पनीले बाइकको मूल्य बढाएको छैन । बुलेट–३५० र क्लासिक–३५० बाहेक दुई सिलिन्डर इन्जिनसहितको बाइकको माग भारतलगायत अन्य देशमा छ ।
नयाँ पत्रिकाबाट साभार
जनकपुर – रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा, हालै...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...