विश्व प्रसिद्ध ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड डकहम्स नेपालको बजारमा पुनः प्रवेश (फोटो फिचर सहित)

काठमाडौं – विश्व प्रसिद्ध ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपालको बजारमा पुनः प्रवेश गरेको छ । सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्रान्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको शुरुवात गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्रीहरु डा. प्रकाशशरण महत र महेश बस्नेतको उपस्थितिमा डकहम्सका ग्लोबल सीईओ बेंकटरामन कुमारापुरम, डाइरेक्टर फिरोज पटेल लगायतका प्रतिनिधिहरुको उपस्थ्तििमा डकहम्स लु्ब्रिकेन्ट सार्वजनिक गरियो ।

ओटेक ट्रेडका म्यानेजिङ डाइरेक्टर वर्ण न्यौपाने र एक्जिक्युटिभ डाइरेक्टर विन्यास न्यौपानेले विश्वका ३० भन्दा बढी देशहरुमा ग्राहकको मन जित्न सफल डकहम्स ब्रान्डले नेपालमा समेत ग्राहकको अपेक्षा पुरा गर्ने र उनीहरुसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युरोपकै पहिलो मल्टी ग्रेड आयल भनिएको यो ब्रान्ड स्थापना भएको छोटो समयमै थुप्रै क्लासिक कार रोल्स रोयस, बेन्ट्ले, अस्टिन, रोभर जस्ता ब्रान्डहरुको रुचाएको लुब्रिकेन्ट बन्न सफल भएको थियो । एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले, विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको कारण हाई पर्फमेन्स ब्रान्डको रुपमा परिचित भएको छ ।

डकहम्स नेपालमा पनि निकै लोकप्रिय भएको र धेरै नेपाली ग्राहकहरूले रुचाएको लुब्रिकेन्ट थियो। स्थानीय अटो मेकानिक्सले यसको प्रिमियम गुणस्तरका कारण डकहम्सलाई विश्वस्तताका साथ सिफारिस गर्नुको साथै अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको रूपमा विश्वास गरेको पाइन्छ । साथ साथै यस लुब्रिकेन्टलाई ‘अटोमोबाइल्सका लागि जडिबुटी’ भनेर मेकानिक्सहरुले सम्बोधन गरेको पाइन्छ ।

२०१७ मा डकहम्स नयाँ नेतृत्व र नयाँ ब्रान्ड आउटलुकको साथ विश्व लुब्रिकेन्ट बजारमा पुनः प्रवेश गरेको थियो । नेपाल प्रमुख बजार भएकाले ब्रान्डलाई सुदृढ पार्न र ब्रान्डप्रति ग्राहकको विश्वास जगाउन ओटेक ट्रेडलाई डकहक्स इन्टरनेसनलले आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ । ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा १५ वर्ष भन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो। कम्पनीसँग सूचना प्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्र्याक रेकर्ड छ। कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सीधै आयात गर्ने भनिएको छ । प्रमुख शहरहरूमा कम्पनीले डिलरहरू पनि नियुक्त गरिसकेको छ । एक वर्ष अघि सञ्चालन सुरु गरिसकेको भएपनि देशमा लकडाउनको अवस्थाका कारण औपचारिक शुभारम्भ स्थगित गरिएको थियो।

इन्जिन आयलमात्रै नभई ‘फुल पोर्टफोलियो’ का साथ डकहम्सले प्रिमियम सिन्थेटिक एवं नन–सिन्थेटिक आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज उपलब्ध गराउने छ। दुई पांग्रे र चार पांग्रे सवारीका साथै दुवै पेट्रोल तथा डिजेल इन्जिनहरुमा डकहम्स उपयुक्त हुने कुरामा कम्पनी विश्वस्त भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो अर्को नयाँ ब्रान्ड आइसर इन्जिन आयल

नेपाली बजारमा भित्रियो अर्को नयाँ ब्रान्ड आइसर इन्जिन आयल

काठमाडौं – नेपालका लागि आइसर कमर्सियल भेइकल्सको आधिकारिक वितरक बतास...

के गाडीको इन्जिन आयल पनि एक्सपायर हुन्छ ?

के गाडीको इन्जिन आयल पनि एक्सपायर हुन्छ ?

कार, मोटरसाइकल, स्कुटर वा कुनै पनि मोटर गाडी चलाउनुहुन्छ भने त्यसको...

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...