६ महिनामा बिक्री भयो १ लाख युनिट रोयल इन्फिल्ड हन्टर

रोयल इन्फिल्ड हन्टर ३५० बाइक अत्याधिक लोकप्रिय बाइकमध्ये एक हो । कम्पनीले हालसम्म हन्टर ३५० को १ लाखभन्दा बढी युनिट बिक्री गरेको खुलासा गरेको छ ।

रोयल इन्फिल्डले सन् २०२२ मा मस्कुलर–रेट्रो स्टाइलमा हन्टर ३५० लन्च गरेको थियो । हन्टर ३५० ले भारतको प्रतिष्ठित इन्डियन मोटरसाइकल अफ द इयर २०२३ अवार्ड पनि जितेको छ । कम्पनीले सो बाइक निर्यात पनि गर्न थालेको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सीसी, सिंगल सिलिन्डर, एयर र आयल कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको छ । सो इन्जिनले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । बाइक फ्रन्टमा डिस्क ब्रेक र रियरमा सिंगल वा ड्युअल च्यानल एबीएसको साथ उपलब्ध छ ।

बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल स्प्रिङ–लोडेड शक एब्जर्बर दिइएको छ । बाइकको टायर १७ इन्चको छ । हन्टर ३५० मा डिजिटल–एनालग इक्न्स्ट्रयुमेन्ट क्लस्टर र अप्सनल ट्रिपर नेभिगेसन जस्ता फिचर रहेको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० ले टीभीएस रोनिन, होन्डा सीबी३५० आरएस, जावा ४२ र येज्दी रोडस्टरसँग प्रतिस्पर्धा गर्छ ।

नेपाली बजारमा पनि यो बाइक आगामी दिनमा आउने सम्भावना छ । नेपालमा पहिले ठूलो सीसीका बाइकमा प्रतिबन्ध लगाइएको कारण उपलब्ध हुन सकेको थिएन । आगामी दिनमा भने यो बाइक पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हन्टरको अर्को स्पाई तस्बिर सार्वजनिक, थप फिचरको भयो खुलासा

रोयल इन्फिल्ड हन्टरको अर्को स्पाई तस्बिर सार्वजनिक, थप फिचरको भयो खुलासा

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘हन्टर ३५०’ लन्च गर्ने तयारी गरिरहेको छ ।...

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

कालिन्चोक पुगेर फर्कियो रोयल इन्फिल्डको विन्डी राइड

कालिन्चोक पुगेर फर्कियो रोयल इन्फिल्डको विन्डी राइड

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...