लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो मोडल बनेको छ । पहिलो नम्बरमा भने क्लासिक ३५० रहेको छ ।

भारतमा अगस्ट महिनामा क्लासिक ३५० १८ हजार ९९३ युनिट बिक्री भयो भने हन्टर १८ हजार १९७ युनिट बिक्री भएको छ । अगस्ट १० मा हन्टर ३५० को डेलिभरी प्रारम्भ भएको थियो । यसले गर्दा आगामी दिनमा यसको क्रेज अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

सो बाइक रेट्रो र मेट्रो गरी २ भेरिएन्टमा लन्च गरिएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सीसी इन्जिन दिइएको छ, जसले २०.२ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ । सो बाइकले ११४ किमी प्रतिघन्टाको गति दिन्छ ।

सो बाइकको वजन १८१ केजी छ । रोयल इन्फिल्ड हन्टर ३५० को धेरै ठाउँमा प्लास्टिकको प्रयोग गरिएको छ साथै फ्रेममा पनि परिवर्तन गरिएको छ र नयाँ अलोय ह्विल दिइएको छ ।

ब्रेकिङको लागि फ्रन्टमा ३०० एमएम डिस्क ब्रेक र रियरमा २७० एमएम डिस्क ब्रेक दिइएको छ । सो बाइकको मेट्रो भेरिएन्टमा ड्युअल च्यानल एबीएस र रेट्रो सिंगल भेरिएन्टमा सिंगल च्यानल एबीएस दिइएको छ । साथै, सस्पेन्सनका लागि फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन सक्स दिइएको छ ।

सो बाइकको ग्राउन्ड क्लियरेन्स १५० एमएम छ । बाइकमा १७ इन्च अलोय ह्विल छ । यसमा ट्युबलेस टायर जडान गरिएको छ । सो बाइकको ह्विलबेस १३७० एमएम छ र सिटको उचाइ ८०० एमएम छ ।

रोयल एनफिल्ड हन्टर ३५०मा गोलाकार एलईडी हेडलाइट, टर्न सिग्नलको साथमा गोलाकार डिजिटल स्पिडोमिटर दिइएको छ ।

साथै, यसको मेट्रो भेरिएन्ट ३ रङमा उपलब्ध छ । सो बाइकले ३६.२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीले यस बाइकमा अर्बन र सब–अर्बन लगायतका एसेसरिजको विकल्प प्रदान गरिएको छ । सो बाइक भारतमा १ लाख ५० हजार भारुमा लन्च गरिएको छ ।

सम्बन्धित समाचारहरू

गोदावरी पुग्यो रोयल इन्फिल्ड वान राइड, विश्वभर मनाइदै

गोदावरी पुग्यो रोयल इन्फिल्ड वान राइड, विश्वभर मनाइदै

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको कार्यक्रम ‘वान राइड’ गोदावरी पुगेको छ...

रोयल इन्फिल्डको लेडी बाइकर्स राइड सम्पन्न, विभिन्न प्रतियोगितामा रमाए लेडी राइडर्स

रोयल इन्फिल्डको लेडी बाइकर्स राइड सम्पन्न, विभिन्न प्रतियोगितामा रमाए लेडी राइडर्स

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इन्फिल्ड’ को...

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न(फोटो फीचर)

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न(फोटो फीचर)

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...