आगामी असारसम्म मुग्लिन–पोखरा सडक विस्तार पूरा नहुने
कास्की – पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको...
काठमाडौं - गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आइतबार अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए।
सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा एक्स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका सवारीसाधन सञ्चालन भइरहेका उनले जानकारी दिए।
बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म दर्जनौँ स्थानमा सडक क्षति भएको र लिङ्लिङ् भन्ने स्थानमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ‘ट्रयाक’ खोल्न हप्तादिन लागेको हो।
काठमाडौँबाट छुटेका हलुका सवारीसाधन अब सिधै रसुवागढीसम्म पुग्ने गल्छी त्रिशूली रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ। नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालवाहक ठूलो सवारीसाधन सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए।
लिङ्लिङ् र टिमुरे र तातोपानीबीच यी दुई स्थानमा भोटेकोशी सडकमार्गको फेदमा रेतिएर बाढी आएको हुँदा भासिन सक्ने सम्भावनालाई मध्यनजर राखी सुरक्षाकर्मीसँग सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरिएको छ।
कास्की – पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको...
म्याग्दी – आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी...
सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...