रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु, रोकिएका ईभी नेपाल भित्रिँदै

रसुवा - रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले रु दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिए ।

राजमार्ग बन्द भएका कारण नेपाल भित्रिने धेरै चिनियाँ नयाँ इलेक्ट्रिक कार (ईभी) समेत आउने पाएका थिएनन् । आगामी दिनमा यी गाडी समेत नेपाल भित्रिने सहज हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा कति शुल्क तिर्नु पर्छ ? दिनमा कतिले प्रयोग गर्लान् ?

नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा कति शुल्क तिर्नु पर्छ ? दिनमा कतिले प्रयोग गर्लान् ?

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र...

सिद्धबाबा सुरुङमार्गको दुईवटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’, कहिले सकिएला काम ?

सिद्धबाबा सुरुङमार्गको दुईवटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’, कहिले सकिएला काम ?

काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको दुईवटा बाइपास...

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...