सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट विनियाेजन
काठमाडौँ – सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने...
रसुवा - रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।
मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।
राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले रु दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिए ।
राजमार्ग बन्द भएका कारण नेपाल भित्रिने धेरै चिनियाँ नयाँ इलेक्ट्रिक कार (ईभी) समेत आउने पाएका थिएनन् । आगामी दिनमा यी गाडी समेत नेपाल भित्रिने सहज हुने अनुमान गरिएको छ ।
काठमाडौँ – सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने...
काठमाडौं – आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको...
काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...