१ लाखमा नयाँ डर्ट बाइकको प्रि–बुकिङ गर्न सकिने, १ लाख रुपैयाँ नै छुट उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा नयाँ -याप्टर ब्रान्डको एड्भेन्चर डर्ट बाइक उपलब्ध भएको छ । एड्भेन्चर ह्विल्स प्रालिले सो बाइकको प्रि–बुकिङ खुला गरेको छ ।

नेपाली व्यवसायीहरुकै डिजाइन अनुसार चीनमा विकास गरिएको सो बाइक नेपाली सडकका लागि सुहाउदो तरिकाले डिजाइन गरिएको र ग्राहकले आफूलाई उपयुक्त हुने किसिमले विभिन्न कस्टमाइज समेत गर्न सक्ने कम्पनीको भनाइ छ । ३०० सीसीको सो डर्ट बाइकले ३५ एचपी पावर र २६ एनएम टर्क जेनेरेट गर्छ । यसको माइलेज २५ देखि २७ किमी प्रतिलिटर हुने बताइएको छ ।

यसको टप मोडलका लागि ह्विल, हव, लिभर आदि सबै सीएनसीबाट निर्मित हुन्छ भने बेस मोडलमा आल्मुनियमबाट निर्मित हुन्छ । त्यसैगरी इन्धन ट्यांकीलाई पनि १२ वा २१ लिटरको बनाउन सकिन्छ भने एक्जस्ट पनि सिंगल वा डबल बनाउन सकिन्छ ।

यसमा तापक्रम घटाउनका लागि सिलिन्डर हेडमा ठूला फिन राखिएको छ भने इन्टरनल कुलिङ सिस्टम रहेको छ । त्यसैगरी फोर भल्व, फ्रिक्सन घटाउन मिरर बोर कोटिङ, हाई लिफ्ट क्यामसाफ्ट, १० हजार ५ सय आरपीए्म सम्मको हाई रिभ लाइन, अफ–सेट सिलिन्डर, रेसिङ कार्बुरेटर, रेसिङ इग्निसन क्वाइल र फोर्ग्ड पिस्टन जस्ता फिचर उपलब्ध छन् ।

बाइकमा ३ वर्ष वारेन्टी उपलब्ध हुनेछ । यो बाइकको मूल्य ७ लाख ८८ हजार रुपैयाँ तोकिएको छ । हाल १ लाख रुपैयाँ तिरेर यो बाइक प्रि–बुकिङ गर्न सकिने छ । हाल प्रि–बुकिङ गर्ने ग्राहकलाई यो मूल्यमा १ लाख रुपैयाँ नै छुट उपलब्ध हुने बताइएको छ ।

काठमाडौंको एकान्तकुना र अन्य केही स्थानमा समेत यसको टेस्ट राइड गर्न सकिने छ । यद्यपि हाल प्रि–बुकिङ गरेका ग्राहकले बाइक पाउनका लागि भने केही महिना कुर्नु पर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

क्यानडेली कम्पनीद्वारा जासुसीका लागि ड्रोन र राडारबाट लुक्न सक्ने विशेष इलेक्ट्रिक बाइकको विकास

क्यानडेली कम्पनीद्वारा जासुसीका लागि ड्रोन र राडारबाट लुक्न सक्ने विशेष इलेक्ट्रिक बाइकको विकास

क्यानडाको एक कम्पनीले सेनाका लागि जासुसी र निगरानी कार्यमा प्रयोग गर्न...

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...

जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

काठमाडाैँ – एनटिपी मल्टिमिडिया ग्रुपले ताप्लेजुङ–दार्चुला बाइक यात्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...