१ लाखमा नयाँ डर्ट बाइकको प्रि–बुकिङ गर्न सकिने, १ लाख रुपैयाँ नै छुट उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा नयाँ -याप्टर ब्रान्डको एड्भेन्चर डर्ट बाइक उपलब्ध भएको छ । एड्भेन्चर ह्विल्स प्रालिले सो बाइकको प्रि–बुकिङ खुला गरेको छ ।

नेपाली व्यवसायीहरुकै डिजाइन अनुसार चीनमा विकास गरिएको सो बाइक नेपाली सडकका लागि सुहाउदो तरिकाले डिजाइन गरिएको र ग्राहकले आफूलाई उपयुक्त हुने किसिमले विभिन्न कस्टमाइज समेत गर्न सक्ने कम्पनीको भनाइ छ । ३०० सीसीको सो डर्ट बाइकले ३५ एचपी पावर र २६ एनएम टर्क जेनेरेट गर्छ । यसको माइलेज २५ देखि २७ किमी प्रतिलिटर हुने बताइएको छ ।

यसको टप मोडलका लागि ह्विल, हव, लिभर आदि सबै सीएनसीबाट निर्मित हुन्छ भने बेस मोडलमा आल्मुनियमबाट निर्मित हुन्छ । त्यसैगरी इन्धन ट्यांकीलाई पनि १२ वा २१ लिटरको बनाउन सकिन्छ भने एक्जस्ट पनि सिंगल वा डबल बनाउन सकिन्छ ।

यसमा तापक्रम घटाउनका लागि सिलिन्डर हेडमा ठूला फिन राखिएको छ भने इन्टरनल कुलिङ सिस्टम रहेको छ । त्यसैगरी फोर भल्व, फ्रिक्सन घटाउन मिरर बोर कोटिङ, हाई लिफ्ट क्यामसाफ्ट, १० हजार ५ सय आरपीए्म सम्मको हाई रिभ लाइन, अफ–सेट सिलिन्डर, रेसिङ कार्बुरेटर, रेसिङ इग्निसन क्वाइल र फोर्ग्ड पिस्टन जस्ता फिचर उपलब्ध छन् ।

बाइकमा ३ वर्ष वारेन्टी उपलब्ध हुनेछ । यो बाइकको मूल्य ७ लाख ८८ हजार रुपैयाँ तोकिएको छ । हाल १ लाख रुपैयाँ तिरेर यो बाइक प्रि–बुकिङ गर्न सकिने छ । हाल प्रि–बुकिङ गर्ने ग्राहकलाई यो मूल्यमा १ लाख रुपैयाँ नै छुट उपलब्ध हुने बताइएको छ ।

काठमाडौंको एकान्तकुना र अन्य केही स्थानमा समेत यसको टेस्ट राइड गर्न सकिने छ । यद्यपि हाल प्रि–बुकिङ गरेका ग्राहकले बाइक पाउनका लागि भने केही महिना कुर्नु पर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बाइक चलाएर स्टार्ट बन्द गरेपछि किन टिकटिकको आवाज आउँछ? यस्तो छ कारण

बाइक चलाएर स्टार्ट बन्द गरेपछि किन टिकटिकको आवाज आउँछ? यस्तो छ कारण

सहरी क्षेत्र होस् वा लामो दुरीको यात्रा गर्दा होस् दुई पाङ्ग्रे सवारीसाधन...

युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

काठमाडौँ–अमेरिकी सहयोग नियोग (युएसएड)का कार्यक्रम बन्द हुँदा नेपालमा सयौँ...

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकल चालकका लागि आफ्नो बाइकको रङ लामो समयसम्म चम्किलो राख्नु ठूलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...