टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै टीभीएसले ल्याएको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राजकुमार शाहले १० लाख रुपैया हात पारेका छन् । उनले टीभीएस अपाचे आरटीआर १६० ४भी किन्नु अगाडि ७ हजार रुपैयाँ पहिले नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनराशी हासिल पारेका हुन् ।

नेपालमा टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सलाई धन्यबाद दिदै उनले भने, ‘मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा, यस धनराशीले मेरो चाडबाडलाई अझ बढी खुसीमय बनाएको छ ।’

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । उक्त योजना गत भदौ १० बाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुनेछ भने यस योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरुमा उपलब्ध हुनेछ ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न उक्त योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्ने कम्पनीको भनाइ छ । योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी तखकलभउब.िअयm÷म्बकजबष्ल मा गएर.१ लाख सम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन् । यति मात्र नभएर दैनिक एक थान रियलमी सी२० स्मार्टफोन पनि ग्राहकको लागि उपहार स्वरुप यराखिएको छ ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको छ । योजनाको मुख्य सरप्राइज चाहिँ यसको बम्पर प्राइज रहेको छ, जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन् ।

योजना अवधिभर सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टीभीबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् हालै लन्च भएको पारिवारिक स्कुटर टीभीएस जुपिटर ११० को प्रमुख विशेषता

यस्ता छन् हालै लन्च भएको पारिवारिक स्कुटर टीभीएस जुपिटर ११० को प्रमुख विशेषता

भारतमा अत्यधिक लोकप्रिय स्कुटरमध्ये एक टीभीएस जुपिटर ११० अब आधिकारिक...

टीभीएसका प्रदर्शनमुखी, युवामुखी र प्रविधि सम्पन्न २ नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक

टीभीएसका प्रदर्शनमुखी, युवामुखी र प्रविधि सम्पन्न २ नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक

काठमाडौं – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६०...

१२५ सीसी क्षमताका ४ उत्कृष्ट बाइक : पावर, फिचर्स र मूल्यमा यस्तो छ भिन्नता

१२५ सीसी क्षमताका ४ उत्कृष्ट बाइक : पावर, फिचर्स र मूल्यमा यस्तो छ भिन्नता

नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...