रेलवे मोटरसाइकल कन्सेप्ट सार्वजनिक : रेलवे र सामान्य रोड दुवैमा चलाउन सकिने

रेलवे मर्मतका लागि कामदारहरु लामो दुरी हिडेरै जानुपर्ने बाध्यतालाई हटाउनका लागि आर्टिस्ट हेकी वाङले नयाँ समाधान निकालेका छन् । उनले ड्युअल–युटिलिटी इलेक्ट्रिक मोटरसाइक डिजाइन गरेका छन्, जुन रेलवे ट्रयाकका साथै सामान्य सडकमा समेत गुड्न सक्छ ।

बाइकको डिजाइन फ्युचरिस्टिक छ । यसमा हबलेस ह्विल छ भने लामो ह्विलबेस चाहिं पछिल्लो भागमा नभई अघिल्लो भागमा छ ।

रेलवे मोडमा चलाउदा यसको साइड स्लाइडिङ प्यानल रेल ट्रयाकतिर जान्छ । त्यसैगरी यसको चम्किलो ओरेन्ज कलरले अन्डरग्राउन्ड रेलवे ट्रयाकमा समेत देख्न सहज बनाउछ ।

रोड मोडमा चलाउदा स्लाइडिङ प्यानललाई पहिलेकै अपवार्ड पोजिसनमा राख्नु पर्छ । हाई स्पिडमा टर्न गर्दा ब्यालेन्स कायम राख्नका लागि यसको इलेक्ट्रिक मोटरलाई सेन्टरमा राखिएको छ ।

यद्यपि यो रेलवे मोटरसाइकल हाल भने कन्सेप्ट भर्सनमा मात्र सार्वजनिक भएको हो । आगामी दिनमा यसको प्रोडक्सन भर्सन पनि बजारमा आउने अनुमान गर्न सकिन्छ ।

यस सम्बन्धी भिडियो यो लिंकमा हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...