बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– क्वाड बाइक नेपालले पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ । गत वर्ष डिसेम्बर १६ बाट द एडभेन्चर गियर्स प्रा.लिले चित्लाङमा सुरु भएको क्वाड बाइक राइडको एक वर्ष पुरा भएको अवसरमा एक दिनका लागि विभिन्न अफर ल्याएको हो ।
आन्तरिक पर्यटकको हब बन्दै गएको चित्लाङमा डिसेम्बर १६ अर्थात् भोलि पौष १ गते चित्लाङ गएर क्वाड बाइक चलाउन चाहनेका लागि विशेष प्याकेजको व्यवस्था गरिएको द एडभेन्चर्स गियर्स प्रा.लि.का अध्यक्ष बलराम महर्जन बताउँछन् ।
प्रा.लिले ३ हजार ६ सय रुपैयाँको प्याकेज ल्याएको छ । जसअन्तर्गत बेलुकाको डिनर, रुम, बिहान १ घन्टाको क्वाड बाइक राइड, गाइड, ब्रेकफास्ट र राइड सकिएपछि टोकन अफ लभ रहेको महर्जनले बताए । यो प्याकेज बुधबार एकदिनका लागि मात्र रहेको उनले स्पष्ट पारे ।
५ जना युवा व्यवसायीले चित्लाङ रिसोर्टसँगको सहकार्यमा सुरु गरेको क्वाड बाइक चढेको मात्र अरु बेला ३ हजार रुपैयाँ लाग्ने छ । विदेशतिर मरुभूमीमा यात्रा गर्नका लागि प्रचलित रहेको क्वाड बाइक यतिबेला नेपाली युवापुस्ताको रोजाईमा पर्न थालेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...